Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
प्रधानसेनापती प्रभुराम शर्माले कथित सांसदलाई दिएको जवाफ र उहाँले सेनालाई पञ्चायतकालिन जर्नेलजस्तो तिनै सांसदहरूसँग नसम्झन गरेको आग्रह ठिकै हो । किनभने
१) पञ्चायती व्यवस्था एउटा कानुनी शासन ब्यवस्था थियोे । हो त्यो व्यवस्थाको विषयमा पक्ष र विपक्षमा आ–आफ्नो मतहरू होलान् । राजनीतिमा त्यो स्वाभाविक हो । पञ्चायतकालमा सेनाका प्रधानसेनापतीहरूलाई भारतको मानार्थ सेनाको सुबिधा लिएर दिल्लीको गुडगाउमा बस्न स्वीकृति थिएन ।
२) नक्कली सर्टिफिकेट बनाएर देशी–विदेशी शक्तिकेन्द्रको आडमा बढुवा हुने व्यवस्था पञ्चायतकालमा सेनालाई दिइएको थिएन ।
३) सेनाका जर्नेल र सेनापतिलाई देशको सूचना खोलेर जथाभावी पुस्तक लेख्ने अनुमती पञ्चायतकालमा थिएन । स्वयं भारतको मानार्थ रहेको नेपालको सेनाले भारतमै हेर्दा हुन्छ, परराष्ट्र मन्त्रालयको स्वीकृति बिना भारतमा होस् या विश्वका कुनै पनि देशमा सेना र गुप्तचर अधिकारीलाई पुस्तक लेख्न दिइँदैन ।
४) पञ्चायतकालमा सेनाको इज्जत थियोे । सेनाको बटमलाईन ०४६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई तत्कालीन प्रधानसेनापती सच्चितशमसेर जबराले सुझाएको इतिहास हेक्कानै होला । सेनाको अन्तर्राष्ट्रिय रूपमा उच्चस्तरको इज्जत थियोे ।
५) प्रधानसेनापतिले ठिकै भन्नुभयो सेनालाई पञ्चायतकालिन जर्नेल नसम्झन । किनभने अहिले सेनाका जनरलको प्रहरीका हवल्दारको जति पनि इज्जत छैन । पञ्चायतमा सेनाको गरिमा मर्यादा र इज्जत देखेपछि नेपाल प्रहरी र विदेशीहरूले पनि सम्मानित रूपमा हेर्ने गर्दथे ।
६) प्रधानसेनापती ज्युको भनाइ ठिकै हो । २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्ड । तत्कालीन प्रधानसेनापती प्रज्वलशमसेर जबराले दरबारको सुरक्षा सेनाको होईन भनेर दिएको अभिव्यक्ति नै बर्तमान सेनाको अनुहार हेर्न काफीछ । यसकारण पञ्चायतकालिन जनरल जस्तो सम्झने सांसद अबुझ पटमुर्खनै हुन् । प्रधानसेनापतिले पक्कै पनि संसारभरिका सेनाको उत्थान र पतनको इतिहास पढ्नु भएकै होला । म जस्तो सामान्य नागरिकलेत मोटामोटी अध्यन गरेको छु भने उहाँले नगर्ने कुरै हुँदैन । कम्बोडियामा तत्कालिन राजा नरोद्दम सिंहानुकलाई सिआइएको आडमा कु गरेको सेना अफगानिस्तानमा राजा जाहिर साहलाई कु गरेको सेना कसरी विघटन भयो ? ठिक त्यस्तै अवस्थामा रहेको सेना पञ्चायतका जनरल जस्तो होईन । यसकारण प्रधानसेनापतिको भनाइ यथार्थ हो ।
७) १७ हजार निर्दोष मानवको हत्या, ५ हजार बेपत्ता, हजारौं हजार घाइते अपाङ्ग, मुक्तिनाथ अधिकारी, नन्दप्रसाद अधिकारी, नारायणप्रसाद पोखरेल, पत्रकार डेकेन्द्र थापालाई जीउँदै गाड्ने, ४७१ युद्ध अपराध मुद्दा अन्तर्राष्ट्रिय फौजदारी अदालत हेगमा रहेको माओवादी आतंककारी जसले नेपाली सेनाको सस्थापक राष्ट्रनिर्माता पृथ्वीनारायण साहलाई घृणा गर्ने बाबुराम भट्टराई जस्ता अपराधीलाई लगेर सेनालाई प्रशिक्षण दिनेकाम पञ्चायतकालका जनरलहरूले गरेनन् । यसकारण प्रधानसेनापतीज्युले सेनालाई पञ्चायतकालिन जनरल जस्तो नसम्झन सांसदहरूलाई गर्नुभएको आग्रह सहिनै हो ।
८) नापी बिभागको निर्देशक हुँदा लिम्पियाधुरा लिपुलेक नेपाली नक्साबाट गायब गर्ने नेपाललाई भारतमा बिलय गराउने आशयको लेख लेख्ने बुद्धिनारायण श्रेष्ठ जस्तालाई पञ्चायतमा सेनामा क्लास लिने अधिकार थिएन । यसकारण यो सेना पञ्चायतका जनरल जस्तो होइन । सेनापतीज्युको धारणा ठिकै हो ।
९) राजदरबारका तत्कालीन सैनिक सचीव ऋषिकुमार पाण्डेको ‘राजदरबार रहस्य षड्यन्त्र’ पुस्तक सेनापतीज्युले पढ्नु भएकै होला उहाँले पृ. ११० मा लेख्नुभएको छ । कोटपर्व गरि सतामा आएका जङ्गबहादुरले त भ्रष्टाचारलाई सस्थागत गरे । सिङ्गो एक शताब्दीको राणाकालिन इतिहास भ्रष्टाचारको इतिहास हो । राणाकालमा सेनाको बजेट समेत सुखभोगमा प्रयोग गरिन्थ्यो । जो ०४६ पछि पुन यथावत हुन गयो । यसकारण सेनापती ज्युले भनेजस्तो यो सेना पञ्चायतका जनरल जस्तो अनुशासित इज्जत भएको होईन । पञ्चायतका जनरल जस्तै संझनु साम्सद हरूको मुर्खता हो । उक्त पेजमै ऋषिकुमार पाण्डे लेख्नुहुन्छः– सेनामा जस्तो भ्रष्टाचार अन्यत्र छदैछैन । पुर्ब सेनापतिहरू धर्मपालवर सिंह थापा, प्यारजङ्ग थापा, रुकमाङद कटवालले त दिल्लीमा दरबारनै बनाएका छन । भने दरबार हत्याकाण्ड २०५८ जेष्ठ १९ का प्रधानसेनापती प्रज्वल शमसेर जबरालेत सिङ्गापुरमा अकुत सम्पत्ति थुपारेका छन् । पञ्चायतकालका जनरलहरूलाई यस्तो सुबिधा थिएन । यसकारण सेनापती ज्युले ठिकै भन्नुभयो अहिलेको सेना पञ्चायतकालिन सेना जस्तो होइन ।
१०) पृथ्वीनारायण शाहको नेपाल एकीकरण बिरोधि डा. बाबुराम भट्टराई, देशद्रोही महाकाली सन्धिलाई सहयोग गर्ने तत्कालीन जलस्रोत सचिव द्वावारिकानाथ ढुङ्गेल, पर्दाभित्र राष्ट्रघाती टनकपुर सन्धिमा भुमिका निभाएका सुर्यनाथ उपाध्याय, नेपाललाई भुटानजस्तै इन्डियन सुरक्षाभित्र राख्ने आशयको लेख मनुज चौधरीको नाममा नेपाल म्याग्जिनमा लेख्न रबिन्द्र मिश्रलाई क्लास दिन बोलाउने सेना गोरखनाथ, मत्स्येन्द्रनाथ, भैरबनाथ, पृथ्वीनारायण शाह, बहादुर शाह, कालू पाण्डे, बिसेनगर्ची, केहरसिंह बस्न्यात, झागल गुरुङ, भक्ती थापा, अमरसिह थापा, भिमसेन थापा, माथवर सिंह थापा लिगेशिको नेपाल एकीकरणको सेना हुनै सक्दैैन । यो जङ्गबहादुर लिगेसिको हुनसक्छ । बिश्व प्रशिद्ध दार्शनिक कार्लमाक्सले त जङ्गबहादुलाई बेलायको डग भनेर लेखेका रहेछन् । पञ्चायतकालिन सेना भुराजनिती सन्तुलन नगुमाएको सेना थियोे । यसकारण सेनापती ज्युले भनेजस्तो यो सेना पञ्चायतकालिन जनरल जस्तो होइन ।
११) एसपिपि र एमसिसिजस्ता भुराजनितिले धान्न नसक्ने विषयमा भुराजनितिका संबेदनसिल एजेण्डामा पञ्चायतकालिन जनरलहरूलाई जथाभावी बोल्न, लेख्न खुल्ला थिएन । यसकारण यो सेना पञ्चायतकालिन जनरल जस्तो होईन ।
प्रधानसेनापती ज्युले ठिकै भन्नुभयो । एकपटक भुतपुर्व र बर्तमान सैनिक जनरलहरूले छातिमा हातराखेर आफैंले आफैंलाई सोध्नुस त प्रचण्डको छोरिलाई सलामी दिनुमा इज्जत छ कि ? हिमानी साह, पारस साहलाई दिँदा इज्जत छ ? नेपाल एकीकरणको लिगेसी बोकेका देशभक्त सैनिकहरूले गम्भीरता पूर्वक नेपाल आमाको माटो हातमा लिएर निर्णय लिने बेला आएको छ । निर्णय गर्न नसक्नेलाई समयले पर्खदैन । कम्बोडिया र अफगानिस्तानको सेना राजतन्त्र कु गरेपछि विघटन भएको इतिहास धेरै भएको छैन । नेपालको भुराजनिति युक्रेन मोडलमा जानसक्तैन नसच्चिनेहरूको समाप्ति नै हो ।
शंकर भण्डारीको आरएसएस सूचना
नेपाली कांग्रेसका नेता शङ्कर भण्डारीले यो संविधान चैत्र भन्दा अगाडिनै सामाप्त हुने सूचना आफ्नो पार्टी अध्यक्ष शेरबहादुर देउवालाई जानकारी दिएको अभिव्यक्ति सार्बजनिक गर्नुभएको छ । उहाँले यो संविधान के कसरी रहँदैन त्यसको खुलासा गर्नुभएको छैन । अहिल्यै यो संविधान खारेज हुने देखिँदैन । किनभने धेरैको नजर सेनामा देखिन्छ । यो सेना पृथ्वीनारायण शाह र बहादुर शाहको नेपाल एकीकरणको बैचारिक सेना होईन जङ्गबहादुर राणाको जगको सेना हो । सेनाको आफ्नो कुनै निर्णय देखिँदैन । दिल्ली र वाशिङटनको आदेश खोज्नेहरूबाट परिणाम आउन सक्दैन । भुराजनितिमा चीन÷रुस पनि चुपलागेर बसेका छैनन् ।
जहाँसम्म राजा ज्ञानेन्द्रको कुराछ उहाँ सेनाको सुरक्षाकवज बनेर इन्डो÷अमेरिकी योजनामा आउनुहुन्न । दशैअधिनै यस्तो प्रस्ताव अश्विकार गरिसक्नु भएकोछ । सेनाबाट धोका पाएको तितो तर यथार्थ अनुभुती उहाँमा जति कसैसँग छैन । इन्डो अमेरिकी योजनामा सेनाले अघि सारेको प्रस्ताव आफुलाई अफगानिस्तानका असरफ घानिको अवस्थामा पु¥याएर दलाइलामा बनाउने षड्यन्त्र उहाँले बुझिसक्नु भएको छ । तत्कालै कर्णेल गद्दाफी मोडेलमा जाने देखिँदैन । त्यो मोडेलमा जान सेना, प्रहरी, निजामती कर्मचारीले तलब खान नपाउने अवस्था कम्तिमा पनि आउनुपर्दछ । त्यसको लागि समय लाग्छ । उहाँले दुर्गा प्रसाईंले फाल्गुण १ गतेबाट गरेको आन्दोलनको घोषणा र भारतको आरएसएसको सूचनाको आधारमा भन्नुभएको हो भने त्यो मङ्सिर ७ को आँकलन जस्तै हो । किनकि भिडले मात्रै हुँदैन नेतृत्व चाहिन्छ । जस्तो ०४६ मा गणेशमान सिंह र मनमोहन अधिकारी जस्ता परिपक्व नेतृत्व थियो भने भने २०६२÷०६३ मा गिरिजाप्रसाद कोइराला । यसकारण आन्दोलनले राष्ट्रिय अन्तर्राष्ट्रिय विश्वास प्राप्त गर्नका निम्ति परिपक्व नेतृत्व खोजेको हुन्छ । दुर्गा प्रसाई जस्ता व्यक्तिबाट त्यो सम्भव छैन । भिडले मात्रै निकास दिन सक्दैन । राजा ज्ञानेन्द्रलाई ढाल बनाएर दरबार हत्याकाण्ड गराउने सुरक्षा निकाय र बिदेशी शक्तिकेन्द्र जुनरूपमा सतापलटको योजनामा थियोे त्यो अब संभावना छैन । किनभने
१) राजा ज्ञानेन्द्र ७६ बर्षका परिपक्व हुनुहुन्छ युवराज पारस पनि ५२ बर्षको परिपक्व भैसक्नु भएकोछ । उहाँहरूलाई आफ्नो वरिपरिका मानिसहरू हुन् या यो सेना यिनिहरूले बिदेशी डिजाइनमा प्रयोग मात्रै गर्न खोजेका हुन् भन्ने बुझिसक्नु भएकोछ । अहिले पनि राजा विरुद्ध तथानाम बोल्नेहरू देशभित्र सेना ÷ प्रहरी र देश बाहिर इन्डो÷पश्चिमा पालित अनुचरहरू हुन भन्ने उहाँले बुझनु भएकोछ । जस्तो राजा ज्ञानेन्द्र विरुद्ध तथानाम बोल्ने गगन थापा, नेत्रविक्रम चन्द, योगेश भट्टराई आदि । योगेश भट्टराई र घनश्याम भुषालको विषयमा त पूर्व प्रधानसेनापति रुकमाङगद कटवालले आफ्नो पुस्तकमा लेखेका छन् । प्रचण्डले कटवाललाई कारबाही गर्दा चीनमा रहेका नेकपा एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनाललाई फोन गरेर प्रचण्डले गरेको कटवाल कारबाहीलाई समर्थन नगर्न आग्रह गरेको कटवालको पुस्तकमा उल्लखे छ । यसबाट पनि स्पष्ट हुन्छ अहिले राजा ज्ञानेन्द्रविरुद्ध जथाभावी अप्रमाणित गाली गलौज र अभिव्यक्ति दिनेहरू नेपाली सेना र नेपाल प्रहरीको अनुसन्धानको गुप्तचर विभागमा जोडिएका व्यक्तिहरू छन् । यति कुरा पक्कै पनि राजा ज्ञानेन्द्र र युवराज पारसले नबुझेको ठान्नु महामुर्खता हो ।
२) लडाइँ संख्याको होइन भुराजनीतिको हो । हृदयन्द्र राजा साँस्कृतिक राजा भन्नेहरू कांग्रेस एमाले माओवादी भन्दा खतरनाक राजतन्त्र बिरोधि हुन् भन्ने राजा ज्ञानेन्द्र र युवराज पारसलाई अवगत छ ।
३) भुराजनीतिमा डा.केशरजंग रायमाझी र धार्मिकरूपमा योगि नरहरिनाथको लाइन पनि सेना भित्र र बाहिर दरबार भित्र र बाहिर बलियो नै छ तर त्यो सुषुप्त रूपमा काम गरिरहेको छ । चुपलागेर बसेको छैन । भित्रीरूपमा बलियोनैछ । यसकारण आरएसएस मोडेलको हिन्दूआवरणमा खेल्न खोजिएको खेल आफैंमा पानीको फोका साबित हुनेछ । शंकर भण्डारीलाई सूचना दिनेहरूले यतातिर हेरेका छैनन् होला ।
यो अवस्थामा शङकर भण्डारीले भनेजस्तो सम्भावना तत्काललाई देखिँदैन । तर राजनीति संभावनाको खेल हो । सबैलाई हेक्का रहोस् ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल