Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रभुको लिला अपरम्पार

काठमाडौं। संसद विघटन हुनेबित्तिकै त्यसलाई घोर असंवैधानिक कदम भनेका नेकपा नेता प्रभु साह एकाएक मन्त्रीमा नियुक्त हुँदा प्रभुको लिला अपरम्पार देखियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचजना पूर्व माओवादी नेताहरुलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्री बन्नेहरुमा दुई जना अपेक्षा गरिएकै थिए । तर, तीनजना भने रातारात कित्ताकाट गरेर प्रचण्डबाट ओली पक्षमा पुगेका हुन् । ओली पक्षमा पुगेर मन्त्री बनेकामा प्रभु साह पनि हुन् । उनी प्रचण्ड निकटस्थ मानिन्थे । माधवकुमार नेपाललाई प्रचण्ड पक्षीय नेकपाको अध्यक्ष बनाएपछि साह असन्तुष्ट थिए । नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुँदा साह एक्लैले विरोध गरेका थिए ।
माधव नेपालको गृहजिल्ला रौतहट हो । साह पनि त्यही जिल्लाका हुन् । उनीहरु दुवैबीच लामो समययता टकराव रहँदै आएको थियो । साहले यही असन्तुष्टिस्वरुप कित्ता परिवर्तन गरे । असन्तुष्ट बनेका साहलाई प्रधानमन्त्री ओलीनिकटस्थले सम्पर्क गरी कित्तामा ल्याउन सफल भएका थिए । उनलाई मन्त्रीको प्रस्ताव गरेर लगिएको बुझिएको छ ।