Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रम ओलीले धमकाउन छाडेनन्

काठमाण्डौ । उखानै छ जुन गोरुको सिङ् छैन उसको नाम तिखे । कानूनी प्रकृयालाई धज्जी उदाउन बाकी नराख्ने शासकका रुपमा परिचित प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति दिनेले बदर पनि गरिदिन सक्ने भन्दै प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यदेखि सांसदहरुलाई हटाइदिने चेतावनी दिएका छन् । उनले आफू जगें शासक भएकोले संविधान र कानूनको खील्ली उदाए भने संसदीय दलको प्रमुख सचेतकमा देव गुरुङलाई हटाएर पौरख गरेको महसुस गर्दै छन् र भन्दै छन् आवश्यक परे सबैलाई हटाइदिन सक्छु । उनले पार्टी एकताका क्रममा आफूले सबैलाई भागबण्डाको आधारमा नियुक्ति दिएकाले ती सबैलाई ‘नियुक्ति गर्नेले हटाउन पनि सक्ने चेतावनी दिदा पार्टी सचिवालय र स्थायी समितीको निर्णयलाई के भन्दा हुन् ।

आलीले आफूले अल्पमत र बहुमतको कुनै हिसाव नगरी पार्टी एकताका बेलामा प्रचण्ड–नेपाल समूहलाई भाग दिएको दावी गरिरहदा नेकपा भनेको पार्टी हो कि प्रधानमन्त्री केपि ओलीको हैकम मात्र चल्ने घर हो ? सोचेको देखिएन । ओली भन्छन् एकीकरण गरिसक्ने बित्तिकै उनीहरुले आफ्नो धन्दा सुरु गरे । पार्टी कब्जा गर्ने, आन्दोलन बिगार्ने र देशमा कम्फर्टेबल सरकार बनाउन प्रचण्ड नेपाल लागिपरेको भन्दै ओलीले उनीहरुले देश र जनताको लागि नभइ कसैको लागि कन्फर्टेबल हुने सरकार चाहेको भन्दै आक्रोश पोखे । त्यहाँ ओलीको राष्ट्रबादमा चुचे नक्सा सहित निर्मित पाठ्यपुस्तक छपाएर वितरण गर्न रोकेको स्मरण गराइदिने कोही भएनन् ।

ओलीले आफूहरु सही बाटो हिँडेको पनि बताएका छन् । आन्दोलनमा उतारचढाव हुने भन्दै साना मसिना कुरामा नअल्झिई आफ्नो बाटोमा निरन्तर अघि बढ्नुपर्नेमा उनको जोड छ ।

सोमबार पोखरामा आफू पक्षीय नेकपाको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले नेकपाको प्रचण्ड–नेपाल समूहको चर्को आलोचना गरे । ‘उनीहरुले भनिरहेका छन् केन्द्रीय कमिटीमा हाम्रो बहुमत छ, त्यो बहुमत त मैले नै दिएको बहुमत हो । कुनै चुनाव जितेर आएको कमिटी थियो र यो ओलीले प्रश्न गर्दै भने, ‘पार्टीको एकताका लागि देश बनाउनका लागि दिएको । तर उहाँहरु षड्यन्त्रपूर्ण ढङ्गले त्यतिबेला बार्गेनिङ गर्दै हुनुहुन्थ्यो, किन भनेको त पार्टी बिगार्ने र देश बिगार्नेको उद्देश्य पो रैछ ।’

प्रचण्ड–नेपाल समूहले कारबाहीको जेजति ‘तमासा’ गरेपनि आफू पार्टीमा आधिकारिक रहेको भन्दै विधिवत् रुपमा अध्यक्ष र संसदीय दलको नेता फेर्न समेत चुनौति दिए ।