Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रवेशपत्र देखाएर विद्यार्थीलाई खोप, यी हुन् केन्द्र

काठमाडौं । भीडभाडमा जाने जो सुकै व्यक्ति कोरोनाको जोखिममा पर्छ । विद्यार्थीहरुले भौतिक उपस्थितिमा परीक्षा दिँदा कोरोनाको जोखिम बढ्ने भएका कारण परीक्षा स्थगित गर्न माग गरिरहेको बेला प्रवेशपत्रका आधारमा परिक्षार्थी विधार्थीले कोभिड– १९ विरुद्धको खोप लगाइदिने निर्णय भएको छ । संयुक्त विद्यार्थी संगठनले परिक्षार्थीलाई अनिवार्यरुपमा खोपको व्यवस्था गर्न माग गरेपछि स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो । खोप महाशाखा प्रमुख झलक गौतमले प्रवेशपत्रकै आधारमा विद्यार्थीले खोप लगाउन पाउने निर्णय भएको जानकारी दिए । संयुक्त विद्यार्थी संगठनले मंगलबार परीक्षामा सहभागि हुने परिक्षार्थीलाई प्रवेश पत्रको आधारमा खोप दिलाउन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग माग गरेका थिए । चीनबाट थप खोप आएपछि परिक्षार्थीलाई खोप दिइने भएको छ । विद्यार्थीले प्रवेशपत्रका आधारमा काठमाडौंका वीरेन्द्र सैनिक, नेपाल प्रहरी अस्पताल पानीपोखरी, शसस्त्र प्रहरी बल बलम्बु अस्पतालबाट खोप पाउने छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल