Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीकै आईजीपी नै शंकाको घेरामा ! 

काठमाण्डौ । राजनीति दबाब र प्रभाबले नक्कली भुटानी शरणार्थी प्रकरणमा आईजीपी बशन्त कुँवर बिवादमा परेका छन् । कुँवर अपराध अनुसन्धानमा रहेका बेला पक्राउ परेका २ आरोपीलाई छाडेर उजुरी समेत दबाएका थिए । यी यौद्धाहरू सानु भण्डारी र केशव दुलाल सन्देश शर्मा सानो तिनो रहेछन् । रामबहादुर थापा बालकृष्ण खाँणदेखि टोपबहादुरसम्मका लेनदेन थाहा पाएर पनि पदकै कारण अनदेखा गर्नु नै आईजीपी बशन्तलाई काँग्रेसी आडमा आँफू अगाडिका एसएसपीलाई लर्तान सहज भयो । बालकृष्ण खाँणलाई जोगाउन आईजीपी कुंवरले चलाएको सत्य सेवा सुरक्षा उदाङ्गो भयो । त्यसकै फल खाँडको गिरफ्तारीलाई आईजीपीले पत्तो पाएनन् । एआईजी श्याम ज्ञवाली काठमाण्डौ प्रहरीका एसएसपी दानबहादुर कार्की र अपराधका एसएसपी मनोज केसीको गोप्यतामा बशन्त कुँवरले संकेत पाएनन् । त्यो बेलासम्म शेरबहादुर देउवालाई सूचना दिने काम आईजीपीको थियो । उनले दिएको सेवा जति जोगाए पनि पदमा बहाल भईरहने अवस्थाको छैन् । काँग्रेसलाई आईजीपी जोगाउन रहर हुन सक्छ । तर त्यो बचाउ सम्भव छैन् ।
प्रहरी नजोडिएका कुनै घटना छैन् । यो प्रकरणमा जोडिएका केपी ओलीका आफन्त र पिएले समेत संसदको सामाजिक विकास तथा न्यायीक समितिको नाम भजाए । जसले करोड करोड बुझे तीनले पचाएका छन् । त्यो पैसाले तीनलाई पोल्यो जसले व्यवस्था माथि नै जन विश्वास गुमाउनेसम्मको अपराध गरेका छन् । यो केशमा प्रहरी कै आईजीपी परेका छन् । उनको चालमा शंका लागेर एआईजी श्याम ज्ञवालीको टीम सजग भयो । जिल्ला वासीका नाताले कुँवरले टोपबहादुरलाई रूपन्देहीबाट भगाएकै हुन् । केपी ओलीले उपप्रम भएको मान्छे पटक पटक मन्त्री भएको नेता किन भाग्छ ? बाटोमा हिँड्दा हिँड्दै किन समाउनु प¥यो भनेर कूर्लेकै हुन् । ओलीको कूर्लाइ किन हो त्यो देखियो । उनका पिए राजेश बज्राचार्य सल्लाहकार अजय क्रान्ति शाक्य, महानगर प्रमुखका पिए राजेश्वर स्थापित नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिँदा केपीको डुक्राई शिथिल भएको छ ।
मुलुक लुटेर चर्चित भएका अख्तियारका प्रमुख आयुक्त प्रेम राई पद त्याग्न तत्पर छैनन् । इन्द्रजित राईले प्रेम राईको नाम पटक पटक लिएका छन् । जो गाडीमा पैसा भित्रिए पछि मात्र फाईल बढाउन अग्रसर भयो । प्रहरीलाई निर्धक्कसँग छानविन गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएका छन् । संगठित अपराधका शुरुवाती नाइकेलाई नै नेपाल प्रहरीको आईजीपी बनाएपछि लिएको पैसा पचाइन्छ भन्ने दम्ब काँग्रेसीहरूलाई हुनसक्छ । तर जोगिने जोगाउनै नसक्ने हर्कत गर्ने बालकृष्ण खाँणले सचिवबाट पैसा बुझेपछि मात्र फाईल सदर गरेको कुरा बाहिर आयो । मन्जु खाँणको डुक्राइ काम लागेन । अपराध गर्नेको संख्या एमालेकै धेरै भए । अनुसन्धानको घेरामा रहेका राधिका शाक्य, नैनकला थापा, डा. अजय क्रान्ति शाक्यको पौरख बार्दली बा का हुकुमले जोगिन सक्दैनन् । टोपबहादुर आँफू भारत जाँदा मोवाइल पोखरामा छाडे तर केही जोर नचलेपछि राजधानी छिरेका बेला समातिए ।