Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । ३० वर्षे सेवाहदले सताइँदा सस्थागत बृत्तिविकास रोकियो भन्नेहरूलाई सरकारको तर्फबाट गृहमन्त्रीले दिएको जवाफले कति छोयो नेपाल प्रहरीमा राजनीतिक आडमा नेतृत्व लिएर सरुवा हुँदा नेतृत्वमै रमाउने जमात भने राम्रैसँग झस्केको छ । राजनीतिक दाउपेचले अनुसन्धान विभागबाट प्रहरीमा आएका शुशिलसिहं राठौर, दिपेन्द्र जोशी, उमानन्द चतुर्वेदी बाहेक धेरै प्रहरी अधिकृतहरू विवादमा छन् ।
उतिवेला गुप्तचरबाट नेपाल प्रहरीमा ल्याउन नमान्दा काँग्रेसी आईजीपी अच्यूतकृष्ण खरेल र तत्कालिन गृहमन्त्री खुमबहादुर खडकाकाबीच बोलचाल रोकियो । गुप्तचर गृहमै थियो अहिले जस्तो प्रमको अन्र्तगत थिएन् । फौजमा अहिले सुधारको बाटो लिइँदै छ । क्षमता नभए पनि निरिक्षक पदमा प्रवेश गरेको गुप्तचरबाट छिरेको त्यो टोलीमा धेरै विवादमा परेका छन् । ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले रौतहटमा छँदा पत्रकारलाई लागू औषधमा फसाउने काम गरे । तर त्यो सत्य थिएन, उनै पंगु भए । त्यसो त गुप्तचरबाट आएका टीका केसी, सुरेन्द्र गुरुङ, मनोज यादव, जयराज सापकोटा, राजेन्द्र सिंह खड्का, डम्वर बिक, प्रकाश शर्मा, हिमालय श्रेष्ठ, बिनोद घिमिरे, शारदा चौधरी पनि कम चर्चामा थिएनन् । निर्मला कुर्मी हत्यामा बाँकेका तत्कालिन एसपी श्यामकृष्ण अधिकारीको पनि विरोध भयो । सुन्तली तामाङ काण्ड पनि दवाए भनियो । नेपालगञ्ज जस्तो मुस्लिम बाहुल्यता भएको, बेला–बखत जातीय भडकाउ हुने ठाउँमा शान्तिसुरक्षा सुदृढ बनाएर श्यामकृष्ण अधिकारी अगाडि बढे । २ वटा चुनाव सम्पन्न भएपछि उनी बाँकेबाट मकवानपुर पुगेका हुन् । त्यही बाँकेमा पकेटमारसँग मिल्दा ओम राना बदनाम भए । रसुवामा छँदा रक्तचन्दनको खेती चलाएका रानालाई कारबाही भएन् । राजनीतिक पहुँच हुँदा जनजाती लोगोले तीनलाई बचायो । मदिराप्रेमी केदार खनाललाई किर्तीपुरको कमाण्डमा रहँदा तत्कालिन एसएसपी रमेश खरेलले मुक्का दिएर खोरमै जाकेका थिए । एसपी विश्व खड्का पनि विवादमै परेका चरित्र हुन् । चोर बाटोबाट प्रवेश गरेकाहरूबाट नेपाल प्रहरी बद्नाम छ । यसको नमुना एसएसपी योगबहादुर पाल हुन् । हाल उनी निलम्वनमै छन् । पहुँचकै कारण जागीर जोगिन सक्छ । तर रामेश्वर यादवको जागीर नै गयो । विवाद भए पनि बालकृष्ण खाँडको समयमा काँग्रेसका महेन्द्र यादवले सिन्धुपाल्चोक पठाएका मनोज यादव झन् बदनाम हुन् ।
मकवानपुर कमाण्डमा पुगेका वामदेव गौतम दरवार मार्गमा छँदा विवादीत भएकाले तानिएका थिए । संजीव शर्मा अर्का चमत्कारी अधिकृत हुन् । नेपाल प्रहरीको भर्नाबाट आएका तालिम प्राप्त जस्तो गुप्तचरबाट आएका छैनन् । त्यो समूहले बर्दीकै बदनाम गरेको छ । आईजीपी वशन्त कुँवर आफैं पनि राजनीतिक आडमा भ¥याङ चढेका हाकीम हुन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीमा कार्य क्षमता योग्यता अनुशासनलाई नै जोड दिने गरेका छन् । तर काँग्रेसीहरू भने कहाँ को खटाएर लुट्न पाईन्छ त्यो हेर्ने गर्छन् । काँग्रेसका लागि बलत्कारी र तस्करसम्म केही होइन् ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल