Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रहरीको जागरणले सुन तस्करदेखि नेपाली युवालाई रसियन प्रहरीदेखि दुवई र साउदीमा नक्कली पर्यटन भिसा भिडाएर लुट्ने र लुटाउने गिरोह नेपाल प्रहरीको नियन्त्रणमा परेको छ । नेपाल प्रहरीको उपत्यका प्रहरीले अपराध अनुसन्धान र काठमाडौं परिसर मार्फत् धमाधम अपराधी नियन्त्रण गर्न थालेको छ । एयरपोर्टको सुन तस्करी काण्ड र बैदेशिक रोजगारमा नक्कली श्रम स्वीकृति लिएर नेपालीलाई अलपत्र पार्नेसम्मका काममा सक्रिय समूह समेत प्रहरी निगरानीबाट उम्कने अवस्था छैन । बिहीबार एयरपोर्ट र शुक्रबार नागढुंगामा १४ किलो र २ किलो सुन पक्राउ भएको छ । त्यसको छानविन गरिँदैछ । नक्कली भुटानी शरणार्थीको प्रकरणको दोस्रो चरण त एमाले र काँग्रेसले रोकेका छन् । काँग्रेसकी भाउजु नक्कली भुटानी शरणार्थी प्रकरणमा मात्र होइन शिक्षा ऐन, एनसेलको शेयर बिक्री, स्मार्ट फोनको लाइसेन्स नविकरण र संस्थागत समायोजन जस्ता कुरामा मुछिएका पात्र हुन् । उनकै कारण नै सरकारले कैयौं अपराधको छानविन गर्ने आँट गर्दैन । तर प्रहरीले यो त्यो भन्दैन । त्यही कारण आज प्रहरी चर्चित छ ।
उपत्यका प्रहरीले देखाएको सक्रियताले वडा प्रहरी कार्यालयको समेत आन्तरिक अनुगमन भोग्दैछन् । प्रहरीको जनसेवा, सोह्रखुट्टे, बालाजु, दरबारमार्ग, अनामनगर, बानेश्वर, कोटेश्वर जस्ता कमाई क्षेत्र मात्र होइन बौद्ध प्रहरी समेत निगरानीमै छ । प्रहरीका एसपी, एसएसपी र डिआईजीहरूको ताँतीमा काँग्रेस र एमालेका दलाल बन्न रुचाउने माओवादीले तिनकै वृत्ति विकास र ऐनमा संगठानिक संरचनालाई चलाउँदा नरुचाउने नागरिकता विवादमा परेका डा. आरजुका दूत अशोक सिंह जस्ता फटाहा थोरै छन् । जसले अवकाश लिनु पथ्र्यो । काँग्रेस र एमालेको भातृ संगठन नेपाल प्रहरीले कानुन त पाएको संस्थागत संरचना परिवर्तन र विस्तारलाई नेतृत्वले जबर्जस्त रुचाउनु प¥यो । आईजीपी बसन्त कुँवरको टीममा भएका एआईजी र डिआईजीहरूको व्यवसायिकताको यतिबेला निकै रेखदेख त्यसले गरेको छ जो प्रहरीलाई स्वच्छता र निष्पक्षतामा दौडाउन रुचि राख्छ । गृहमन्त्री एवं उपप्रम नारायणकाजी श्रेष्ठलाई असफल बनाउन उनकै पार्टीका कुम्लेहरू वर्षमान पुन, जनार्दन शर्मा लागेका छन् । काजी पनि सघाउने र विरोध गर्ने चिन्दनन् । त्यसैले उनीविरुद्ध लाग्नेहरू बढ्दैछन् । प्रहरीलाई संघीय व्यवस्थामा लैजान सातै प्रदेशमा ऐनको खोजी भएको छ । संघीय सरकारले प्रदेशलाई अधिकार दिएको छैन । सेना र सशस्त्रको केन्द्रीय कमाण्ड चल्ने र प्रहरीलाई प्रदेश मातहत लैजाने कुरा कानुनले नै व्यवस्था ग¥यो । तर कार्यान्वयन भएन । जसपाले नेपाल सरकारसँग पटक पटक आफ्नो कुरा राख्यो । जसपा मधेश प्रदेशको नेतृत्वमा छ । केन्द्रको सरकारमा पनि छ । नेताहरू सरकारमा नजाँदासम्म प्रदेशको हकको कुरा गर्छन् जब केन्द्रीय सरकारमा पुग्छन् हराउँछन् ।
उपेन्द्र यादव भनेको चरित्रले परिवर्तनको कुरा स्वार्थमा गर्नै हो । तर आफ्ना मान्छे प्रदेश सरकारमा छन् । त्यहाँ दाइजो प्रथाको अन्त्य हुँदैन । मिटरव्याजी लुटपाट चम्कन्छ । नारीमाथिको अत्याचार मधेशमा छ । अपहेलित मान्छे त्यहाँ धेरै छन् । मिटरब्याज त्यही छ, उखु किसानको पीडा सधैंको उस्तै छ । सरकारको चरित्र केन्द्रदेखि प्रदेशसम्मको उस्तै छ । महंगी, भ्रष्टाचार सबैको सम्पत्ति भएको छ । गणतन्त्रका रक्षक नै भक्षक भएका छन् । कम्युनिष्ट भनेका भ्रष्टाचारका नायक हुन् । मधेशको लुटमा जसपा सक्रिय छ । प्रदेश सरकारमा दुई कार्यकाल रहँदा समेत जनताको पीडामा चासो दिँदैन ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल