Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीले लिएन सांसद अपहरणको उजुरी

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध जनता समाजवादी पार्टी, नेपालका नेताहरु काठमाडौं प्रहरी परिसर पुगेपनि प्रहरीले उजुरी लिन अस्वीकार गरेको छ । आइतबार दिउँसो नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतका नेताहरु उजुरी दिन परिसर पुगेपनि उजुरी लिन आनाकानी भएको हो । कार्यालय प्रमुख नभएको बहानामा पुगेको डेढ घण्टा बित्दासम्म पनि उजुरी नलिइएको पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले बताएका छन् ।
त्यस्तै साढे ४ बजेतिर परिसर प्रमुख श्यामलाल ज्ञवाली कार्यालयमा उपस्थित भएपनि आफूले उजुरी दर्ता गर्न नसक्ने जवाफ थिए । उनले जनता समाजवादीका नेताहरुलाई म यो उजुरी दर्ता गर्न सक्दिनँ । तपाईँहरु जे गर्नुहुन्छ गर्नुस्, भन्दै फर्काएका थिए । उनले महोत्तरी घटना भएकाले त्यहीँ गएर उजुरी दर्ता गराउँदा ठीक हुने राय समेत दिएको नेताहरुले बताएका छन् । तर, उजुरी दर्ता नभएपछि जनता समाजवादीका नेताहरुले आक्रोश व्यक्त गरेका छन् ।
खनालसहित बस्नेत र श्रेष्ठमाथि तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ । अपहरणमा परेका भनिएका यादव पनि सँगै प्रहरी परिसर पुगेका थिए ।


सम्बन्धित समाचार