Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रेस चौतारी भित्र बन्यो आन्दोलन परिचालन कमिटी

काठमाडौं । प्रेस चौतारी नेपालले चर्को महँगी, भ्रष्ट्राचार र कालोबजारीविरुद्धको आन्दोलन प्रभावकारी बनाउन शुक्रवार केन्द्रीय आन्दोलन परिचालन कमिटी गठन गरेको छ । चौतारीको उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य र उपत्यकाभित्रका समितिका पदाधिकारीहरूको संयुक्त बैठकले उपाध्यक्ष राजेश राईको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय आन्दोलन परिचालन कमिटी गठन गरेको हो ।
परिचालन कमिटीलाई नेकपा एमालेले १६ साउनमा आयोजना गरेको महँगी र भ्रष्ट्राचारविरुद्धको जनप्रदर्शनलाई प्रभावकारी बनाउने जिम्मेवारी दिइएको छ ।
परिचालन कमिटीमा काठमाडौंमा उपलब्ध पदाधिकारीहरू उपाध्यक्ष देवीका घर्ती मगर, महासचिव हिरामान लामा, उपमहासचिव शुरोजंग पाण्डे, राजु सुवेदी, कोषाध्यक्ष इन्द्र आचार्य र सचिवहरू हरिबल्लभ नेपाल, विष्णु तारुके, लोग्सरी कुँवर, उपत्यकामा रहेका केन्द्रीय सदस्य, भूगोल, प्रतिष्ठान र एशोसिएट कमिटीका पदाधिकारी सदस्य रहेका छन् ।
बैठकमा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले महँगीविरुद्धको जनप्रदर्शनमा आम जनतालाई सडकमा उतार्ने काममा आ–आफ्नो ठाउँबाट जुट्न निर्देशन दिए । चौतारीको बैठकले महँगीले आम जनताको जनजीवनमा पारेको प्रत्यक्ष प्रभावबारे सूचनामूलक र जनचेतनामूलक सामग्री उत्पादन गरी प्रचार गर्ने निर्णयसमेत गरेको छ ।