Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फन पार्कको लुट अख्तीयारले उधिन्यो

ईश्वरी वाग्ले
सरकारी सम्पत्ति प्रतिस्पर्धा विना व्यक्तिले लिनु भनेकै आर्थिक चलखेल हो । फनपार्कलाई मासीक ९२५० प्रति रोपनी दिनु नै भ्रष्टाचार हो जवकी इच्छुमति तरकारी वजारले प्रति रोपानी ७८५७१ मा समाज कल्याण परिष्दसँगै लिएको हो । अदालतमा मुद्धा परेपछि पनि फनपार्क ४ वर्षदेखि गुरुङले नै चलाएका छन् । अख्तीयारले संझौता तोडन दिएको निर्देशन लत्याउदै अदालतवाट अख्तीयारलाई चुनौती दिदै टेक वहादुर गुरुङले व्यवसाय चलाएकै हुन । अहिले पनि फनपार्क चलिरहेकै छ । भूमाफीयाहरुले सार्वजनिक जमिन कव्जा गर्ने दलका नेता र मन्त्रीलाई हात लिने चलन लोकतन्त्रले उत्कर्षमा पुर्यायो । लोकतन्त्रकै वदनाम गराउने काम यस्ता धेरै भएका छन् । सुकुम्वासीका नाममा वहुमूल्य सम्पत्ति कव्जा गर्ने गणतन्त्रमा काँग्रेसका टेक वहादुर गुरुङ एमालेका खेम नारायण पारिश्रमीहरु चर्चामा छन् ।
समाजमा विकृती वढाउने यस्तै धन्दा मध्येको हुन । नेपाल ट्रष्ट कव्जा गर्ने थामर्सुकु र वतास समूह यी दूवैलाई नेकपा एमालेले हुर्काउने बढाउने र संरक्षण गर्ने गरेको छ । अदालतमा समेत यस्ता माफीयाहरुको पहुँच देखिन्छ । काठमाण्डौमै सार्वजनिक सम्पत्ति कव्जा गर्ने आफू कमाउने राज्यलाई ठग्ने ठग नै राजनीतिमा हावी भएका छन् । नेपाल ट्रष्टको जमीन एमाले अध्यक्ष केपी ओलीका व्यापारी पार्टनर स्व आङ छिरिङ शेर्पाको कम्पनीहरुलाई सुम्पनु एमालेका लागि नौलो भएन । इश्वर पोख्रेल नेपाल ट्रष्टको अध्यक्ष छँदा थामशेर्कूलाई जसरी ट्रष्टको सम्पत्ति भाडामा लगाउने नाउमा पोसीयो त्यसरी नै सगरमाथा राष्ट्रिय निकून्जको जमीन पनि राजीनामा गराई कव्जा गरायो ।
दरवारसँग लिएको गोकर्ण रिर्सोटले कव्जा गरेको जमीनको कथा अनुसन्धानमा छ । तर समाजकल्याणको ६० रोपनी जमीन कौडीको मूल्यमा भाडामा लगाउँदा नेका मनाङका सांसद टेक वहादुर गुरुङले भाडामा लिंदा रु ३१ करोड ५२ लाख भ्रष्टाचार भएको अख्तीयारले नै ठहर गरेको छ । त्यो जमीन फनपार्क वनाउदा ठेक्का दिदा चुरे भावरका वद्री न्यौपाने समाज कल्याणमन्त्री थिए । उनीसँगै रविन्द्र गुरुङ, प्रमोद मेहेता, कुन्ज विहारी चौधरी, रविन्द्र कुमार यादव, मोहन राज शर्मा, मदन कुमार लाल, कर्णहरी न्यौपानको टीम दोषी ठहरियो । अख्तीयारले विशेषमा दर्ता गरेको यो मुद्धा ठूलो हो । भ्रष्टाचारमा सहभागी टेक वहादुर गुरुङ पनि काँग्रेसी पहुँचका ठूला हुन । २०७५ माघ १४ मा उजुरी दिएको अख्तीयारले अहिले वल्ल मुद्धा जितेको हो । तत्कालीन मन्त्री न्यौपाने हाल नेकपा एमालेका केन्द्रीय सदस्य छन् । एमाले अध्यक्ष केपी ओलीले यस्तै भ्रष्ट मति विग्रेका भित्रयाएर पार्टीकै वदनाम गरेका छन् । कृश्चियन ठेकेदार एकनाथ ढकाललाई एमालेको समानुपातिक सांसद वनाएका ओलीले परिवार दललाई भने पार्टीमा एक गराएका छैनन् । समाज कल्याणपरिष्दका अध्यक्ष उपाध्यक्ष सदस्य सचिव कोषवध्यक्ष वोर्ड सदस्यहरुलाई यो प्रकरणमा दोषी ठहर गरिएको छ । ०६९ साल भदौमा परिष्द वोर्ड बैठकले त्यो जग्गा मासीक ५ लाख ५५ हजारमा भाडा लगाउने निर्णय गरेको हो । त्यो वेला १५ वर्षको लागि भनेर दिईएको हो । प्रतिस्पर्धा नगरी रविन्द्र गुरुङको नाममा दिईएको जग्गाको ठेक्का म्याद १५ वर्ष थप गराउँदा भ्रष्टाचार भएको शंका भयो । सार्वजनिक खरिद ऐन लत्याउने परिष्दको आर्थिक ऐन लत्याउने काम त्यहाँ भयो । व्यक्तिलाई म्याद थपेर ६० रोपनी सुम्पनु नै शंका उत्पन्न हुनु हो ।