Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फरार प्रतिवादी पक्राउ

बारा । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी देवताल गाउँपालिका(३ का बिर बहादुर यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
२०७६ बैशाख २३ गते रातको समयमा देवताल गाउँपालिका(३ स्थित पसाह खोला किनारमा यादव समेत अन्य व्यक्तिहरुले पचरौता नगरपालिका(२ बस्ने २४ वर्षीय समिम आलमलाई फलामको रडले प्रहार गरी गम्भीर घाइते बनाई घटना पश्चात फरार रहेका यादवलाई कलैया उपमहानगरपालिका(१ मोतिबाग टोलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यादवलाई बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले पुर्पक्षको लागी कारागार कार्यालय वीरगंज पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल