Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने ट्रम्पको घोषणा

न्युयोर्क । ‘अमेरिकाको पुनरागमन अहिले नै सुरु हुँदैछ’ भन्ने बाचासहित पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा अमेरिकी राष्ट्रपतिको चुनाव पुनः लड्ने योजना बनाएको बताएका छन् । उनले आफ्नो फ्लोरिडास्थित मार–ए–लागोमा एक घण्टा लामो भाषणमा समर्थकहरूलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् । पूर्व राष्ट्रपति ट्रम्प कतिपय रिपब्लिकन आधारमा अझै लोकप्रिय छन् । राष्ट्रपतिको लागि उम्मेदवार हुन ट्रम्पले रिपब्लिकन पार्टीको मनोनयन जित्नुपर्नेछ । अन्य रिपब्लिकन नेताले पनि यसको लागि प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।
गत साता ट्रम्पले फ्लोरिडाका गभर्नर तथा उदाउँदो रिपब्लिकन स्टार रोन डिसेन्टिसको आलोचना गरेका थिए । उनले राष्ट्रपतिको मनोनयनमा भाग लने बताएका थिए । यसैबीच, ट्रम्पकी छोरी इभान्का ट्रम्पले आफ्नो बाबुको २०२४ को अभियानमा नलाग्ने बताएकी छिन् । ‘म मेरो बुबालाई धेरै माया गर्छु’, उनले भनेकी छिन्, ‘यस पटक, म मेरा साना बच्चाहरू र हामीले परिवारको रूपमा सिर्जना गर्ने निजी जीवनलाई प्राथमिकता दिन छनौट गर्दैछु ।’