Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कांग्रेसले १४औँ महाधिवेशनको कार्यतालिका पुनः हेरफेर गरेको छ । आगामी भदौभित्र महाधिवेशन गर्नैपर्ने, अन्यथा पार्टी संवैधानिक संकटमा पर्ने भएपछि कार्यतालिकामा व्यापक हेरफेर गर्ने निर्णय गरेको हो । महाधिवेशनका लागि सबैभन्दा जटिल कुरा क्रियाशील सदस्यताको छानबिन हो, त्यो काम अब तीन साताभित्र गरिसक्ने सहमति भएको छ । त्यसपछि सभापतिले हस्ताक्षर गरेर २४ असारमा निर्वाचन समितिलाई हस्तान्तरण गर्नुहुन्छ, यो आजको मुख्य कुरा हो । बाँकी दुई महिनामा निर्वाचन समितिले चुनाव गराउन सक्छु भनेको छ । शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शनिबार अपराह्न बसेको शीर्ष नेताहरूको बैठकले आगामी १६–१९ भदौसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । कांग्रेसले पछिल्लो डेढ वर्षमा केन्द्रीय महाधिवेशन गर्ने सिलसिलामा मिति तोकेको यो तेस्रोपटक हो । यसबीचमा कार्यतालिका हेरफेरको कुनै गणना छैन । केन्द्रीय महाधिवेशन नौ दिन पर सार्ने र तल्ला तहको अधिवेशन एक महिना पर धकेलेर संवैधानिक सीमाभित्रै पार्टीको महाधिवेशन गरी वैधानिकता जोगाउनुपर्नेमा नेताहरू सहमत भएका हुन् । शीर्ष नेताहरूले क्रियाशील छानबिन समितिलाई तीन साताभित्र क्रियाशील सदस्यताको टुंगो लगाउन निर्देशन दिएका छन् । बैठकले २० असारभित्र क्रियाशीलको विवरण संकलन, उजुरी र त्यसमाथि छानबिन गरी अन्तिम नामावली सभापतिसमक्ष पेस गर्न छानबिन समितिलाई निर्देशन दिएको सहमहामन्त्री डा।प्रकाशशरण महतले बताए । सभापतिले २४ असारमा क्रियाशीलको अन्तिम नामावलीमा हस्ताक्षर गरेर निर्वाचन समितिलाई हस्तान्तरण गरेपछि चुनावी प्रक्रिया अघि बढ्नेछ । जे भए पनि १९ भदौभन्दा उता जान सकिँदैन । त्योभित्रै महाधिवेशन गर्न तिथिमिति तलमाथि गर्न सकिन्छ ।’
२०८३ जेष्ठ ३१
ताजा नेपाल
२०८३ जेष्ठ ३१
ताजा नेपाल
२०८३ जेष्ठ ३१
ताजा नेपाल