Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बढ्यो सिभिल बैंकको नाफा

काठमाडौं। सिभिल बैंकले २०.७१ प्रतिशतले नाफा बढाएको छ। बैंकले असार मसान्तसम्म ७६ करोड चार लाख रुपैयाँ नाफा गरेको हो। अघिल्लो आर्थिक बर्ष ६२ करोड ९८ लाख रुपैयाँ थियो। खुद व्याज आम्दानी दुई अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्ष यस्तो आम्दानी एक अर्ब ४० करोड रुपैयाँ थियो।
बैंकले सर्वसाधारण निक्षेपभन्दा ऋण लगानी धेरै गरेको छ। सर्वसाधारण निक्षेप ४२ अर्ब रुपैयाँ संकलन गरि ४२ अर्ब ६९ करोड रुपैयाँ ऋण लगानी गरेको छ। कर्जाको माग धेरै भएपछि अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट ६ अर्ब ५१ करोड रुपैयाँ लिएर ऋण लगानी गरेको छ। चुक्ता पूँजी ८ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब ६१ करोड रुपैयाँ जम्मा भएको छ।
पूँजीकोष अनुपात १७.९७ प्रतिशत छ भने खराव कर्जा अझै २.३७ प्रतिशत बाँकी छ। अघिल्लो वर्ष खराव कर्जा २.६५ प्रतिशत थियो। आधार व्याज दर ११।८१ प्रतिशतबाट १।११ प्रतिशतमा झारेको छ। स्प्रेडदर ४ प्रतिशतबाट ३।७६ प्रतिशतमा घटेको छ। प्रतिशेयर आम्दानी एक रुपैयाँले सुधार भएर ९ रुपैयाँ पुगेको छ।


सम्बन्धित समाचार

आज कहाँ कहाँ पर्छ पानी ?

२०८१ आश्विन १३

ताजा नेपाल