Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बदनाम हुने भएपछि प्रचण्ड ब्याक, काजीको प्रस्तावमा बीना टसकोमस

काठमाडौँ । पदबाट हट्नु दुई दिनअगाडि भोजविक्रम थापामार्फत् मेलम्ची उपआयोजनाअन्तर्गत दोस्रो लटको ठेक्का रातारात बाँडेर १४ अर्ब सुम्पिएकी खानेपानीमन्त्री बिना मगर अहिले चाप्लुसे सचिव माधव बेल्बासेको शरणमा पुगेकी छिन् । मन्त्रीले रू. १४ अर्बको ठेक्का दिँदा आफूसँग परामर्शसमेत नगरेको जानकारी दिन बालुवाटार पुगेका सचिव बेल्बासेलाई प्रम ओलीले झपारे । मन्त्री बिना पनि भपारिइन् । ससुराको बदनाम गर्दै रातारात ६ जना ठेकेदारसँग रू. ६ करोड लिने सहमतिमा पेश्कीबापत राज्य कोषको पैसा बाँडियो । कोरोनाको बेला कामदारको अभावमा हतार गर्नु थिएन ।

पीआईडीमा कार्यकारी बनाउने सचिव बेल्बासेले आफ्नै जिल्लाबासी प्रदीप मुडभरीलाई अगाडि सारेका छन् । सचिव बेल्बासे र मुडभरीको जागिर लामो छैन । मुडभरीको काम ठेकेदारले पेश्कीबापत लगेको पैसा र ठेक्का रकमको कमिसन उठाउने र मन्त्रीलाई बुझाउने हरने छ । ठेकेदारहरू ४३ करोड लिएर बेपत्ता छन् । तिनको मन्त्रीसँग सम्पर्क छैन । भोजविक्रमले अवकाश लिइसके । ठेकेदार विक्रम पाण्डे र किरण वैद्यको कम्पनी कालो धन्दामा माहिर छन् । तिनैसँग मन्त्री बिना मगरको घूस खाने गठजोड बढेको हो । आयोजाना कार्यान्वयन निर्देशनालयमा प्रमुख नहुँदा कर्मचारीहरु समेत छटपटाउन थालेका छन् ।

राजनीतिक रुपमा पार्टीको प्रतिष्ठासँग जोडिएको मेलम्ची खानेपानी आयोजनासँग जोडिएको यो परियोजना दोस्रो चरणको हो । यसले राजधानीका प्रथम चरणका आयोजनाले छुटाएका पाइप विस्तारका कार्यक्रमहरुलाई पूर्णता दिने हुनाले पनि नेताहरुको ध्यान त्यसतर्फ केन्द्रीत भएको हो । पार्टी अध्यक्ष प्रचण्डले बुहारीलाई प्रयोग गरेर आफ्नो बदनाम गर्ने परिस्थिति सिर्जना भएपछि चासो दिन छाडेको बताइन्छ । तर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भने आफ्ना जिल्लाका दुई प्रतिस्पर्धीमध्ये एकलाई आयोजना कार्यान्वयन निर्देशनालयको जिम्मेवार पदमा पुर्याउन कम्मर कसेर लागेका छन् ।

कमल श्रेष्ठ र सूर्यराज कँडेलमध्ये एकलाई श्रेष्ठले जोड दिए पनि मन्त्री भने सचिव बेलबासेकै खटनपटनमा लागेको समाचार सूत्रले बताएको छ । मेलम्चीको नाममा राज्यको स्रोत धेरै खर्च भए पनि पुरानो ठेकेदारले कजाएका मजदुरहरुले तलब पाएका छैनन् भने सामान सप्लायरहरुले समेत भुक्तानी लिन सकिरहेका छैनन् । यो विषय समेत मन्त्रीलाई थाहा नभएको होइन तर यहाँ सचिव बेलबासेको खटन पटनले काम गरेको मन्त्रालय स्रोतले बताएको छ ।


सम्बन्धित समाचार