Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बन्दुकको सहाराले पक्रियो ज्यान मार्ने उद्योगका फरार अभियुक्त

काठमाडौं । बाँकेमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँकेको जानकी गाउँपालिकामा गोली चलाएर ज्यान मार्ने उद्योग कसुरमा संलग्न आकाश रानालाई पक्राउ गरेको हो ।

प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय राना घाइते भएका छन् ।

फरार सूचीमा रहेका रानालाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कात्तिक ३० गते बिहान कोहलपुरस्थित चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीन बहादुर बिकलाई आक्रमण गरेका थिए । रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि भारतको लखनउमा पठाइएको छ ।


सम्बन्धित समाचार