Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बहुमतले डाम्ने भएपछि प्रधानमन्त्री गले, दुवै गुटको छलफल जारी

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माले आनाकाकानी गरे पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक निर्धारित समय भन्दा एक घण्टा पछाडि सरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठकमा सहभागी हुन सहमत भएसँगै उनको चाहनाअनुसार बैठक बुधबार दिउँसो २ बजेमलाई सारिएको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको औचित्य नभएको भन्दै सहभागी नुहने बताएका थिए । तर, बहुमत सदस्य ओलीको सहभागिता बिनै पनि बैठक बसेर निर्णय गर्ने अडानमा पुगेपछि ओली दवावमा परेका थिए । यसबारे रणनीति बनाउन बालुवाटारमा भएको ओली पक्षीय छलफलले बैठकमा सहभागी हुनुनै सही हुने निष्कर्ष निकालेपछि उनी बैठकमा सहभागी हुन राजी भएको बताइएको छ । सोहीअनुसार ओलीले आफूले आवश्यक तयारी गर्नुपर्ने बताएपछि बैठक एक घण्टा सारिएको बताइएको छ ।

बालुवाटारको रणनीतिक बैठकमा ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ लगायतको सहभागिता रहेको थियो भने सो छलफलमा पनि ओलीले प्रचण्डको प्रस्तावको आलोचना गर्दै त्यसको खारेजी हुनैपर्ने बताएका थिए । यस्तै कार्यकारी अध्यक्ष प्रचण्ड पक्षीय नेताहरुको बैठक पनि खुमलटारमा बसेको छ । बुधबार बिहान बसेको बैठकमा प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतको सहभागीता रहेको बताइएको छ । सो छलफलबाट बैठकमा कसरी प्रस्तुत हुनेभन्नेबारे रणनीति तय गरेको बुझिएको छ ।

यसअघि ओलीले बैठकको औचित्य नभएको भन्दै आजको बैठकमा सहभागी नहुने अडान लिएका थिए । तर प्रधानमन्त्री निवास बालुवाटारमा आफूपक्षीय नेताको बैठकपछि ओली बैठकमा सहभागी हुन राजी भएको बताइएको छ ।


सम्बन्धित समाचार