Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाइडेनले गरेको सम्बोधन विवादमा आएको छ

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार संसद्‌मा ‘स्टेट अफ दी युनियन सम्बोधन गरेका छन् । भाषणका क्रममा उनले यसै वर्ष सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा आफ्ना सम्भावित प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको आलोचना गरे ।

उनले गाजामा सहायता पठाउन अमेरिकी सेनाले अस्थायी रूपमा मद्दत गर्ने पनि बताए । गाजा युद्धमा कुनै अमेरिकी सैनिक नपठाइने उनले स्पष्ट पारे ।

सम्बोधनका क्रममा उनले गएको फेब्रुअरीमा जर्जियाकी नर्सिङ विद्यार्थी लेकेन रिलेको हत्याबारे पनि बोले । त्यसक्रमका शब्दले भने उनी विवादित बनेका हुन् ।

बाइडेनले सम्बोधनका क्रममा एक निर्दोष युवती गैरकानुनीबाट मारिइन् भनेका थिए । रिलेको हत्या गैरकानुनी रूपमा देशमा बसिरहेका व्यक्तिले गरेका भनिएको छ ।

धेरै डेमोक्रेट र रिपब्लिकन सांसदले बाइडेनले प्रयोग गरेको अवैध वा ‘गैरकानुनी शब्दलाई लिएर आलोचना गरेका छन् । सांसदहरूले कोही पनि मान्छे अवैध नहुने टिप्पणी गरेका छन् ।

कतिपयले बाइडेनको कमजोर नीतिले अमेरिकामा सीमा एवं आप्रवासी संकट बढेको जिकिर गरेका छन् ।

रुस–युक्रेन र गाजा युद्ध एवं उमेरलाई लिएर बाइडेनको आलोचना भइरहेको छ । द गार्जियनबाट ।


सम्बन्धित समाचार