Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाढीले डाइभर्सन बगायो, बीपी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षापछि काभ्रेको माप्तीस्थित रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग आठ घण्टादेखि अवरुद्ध छ। गए रातिदेखि नै अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक बगाएको छ। गएराति यो सडकमा बाढीले थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन नसकिएको उनले बताए। प्रहरी टोली तथा स्थानीयको पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको घलेले जानकारी दिए। गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो। प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको छ। यसैबीच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता एक महिलाको बिहानैदेखि खोजी सुरु गरिएको प्रहरीले जनाएको छ। सोमबार साँझ ६ः०० बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी छन्। मेला गएर फर्कने क्रममा उक्त खोलामा आएको बाढीले उनलाई बगाएको हो। प्रहरीका अनुसार प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म फेला नपरेपछि खोजीकार्य स्थगित गरिएको थियो। आज बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजीकार्य सुरु गरिएको प्रनाउ घलेले जानकारी दिए। सोामबारको वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा परेको थियो। यस्तै आलु लगाइएको खेतमा खोलाको बाढी पस्दा क्षति पुगेको किसानहरुले बताएका छन्।


सम्बन्धित समाचार

मोदीले भने, युद्ध अन्त्य भएको छैन

२०८२ बैशाख ३०

ताजा नेपाल

आज २५६९औँ बुद्ध जयन्ती

२०८२ बैशाख २९

ताजा नेपाल