Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो। सिडिओ छवि रिजालले कर्फ्यू जारी भइसकेको सेतोपाटीलाई जानकारी दिए। जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन्। कर्फ्यू लगाउनुअघि सिडिओ रिजालले गृहमन्त्री रमेश लेखकसँग परामर्श गरेका थिए।
संसद भवन छिरे प्रदर्शनकारी
भ्रष्टाचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन–जीहरु बानेश्वरस्थित संसद् भवन भवन प्रवेश गरेका छन् । निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गर्न थालेपछि प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । अहिले उक्त क्षेत्र तनावग्रस्त भएको छ । शान्तिपूर्ण आन्दोलन हुने भने पनि प्रदर्शनकारी निषेधित क्षेत्रतर्फ प्रवेश गरेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
२०८३ बैशाख १२
ताजा नेपाल
२०८३ बैशाख १२
ताजा नेपाल
२०८३ बैशाख १२
ताजा नेपाल