Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालबालिकालाई हिमालयन बैंकको सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नागार्जुन न.पा.—५, सीतापाईला, आदेश्वरस्थित ‘हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम’ का वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होमका २४ जना बालबालिकाहरुलाई जुत्ता तथा खाद्यान्न, सावुन र खाना पकाउने ग्याँसहरु प्रदान गरेको हो । देशका विभिन्न स्थानका विभिन्न उमेर समुहका अनाथ बालबालिकाहरुलाई उक्त चिल्ड्रेन होमले आश्रय तथा उचित शिक्षा प्रदान गर्ने प्रबन्ध मिलाएकोे छ । बैंकका तर्फवाट बैंकका महाप्रबन्धकसुशील जोशीले उक्त सहयोग सामाग्रीहरु हस्तान्तरण गर्नुभयो ।
बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ । हाल बैंकले ५९ वटा शाखा र १२० वटा ए टि एमबाट ग्राहकहरुका लागी समय सापेक्ष सुविधाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले निकट भविष्यमा देशका विभिन्न स्थानहरुमा थप १४ वटा शाखाहरु विस्तार गर्ने जनाएको छ ।