Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालिका हत्या आरोपि मातालाई पाँच दिन म्याद थप

काठमाडौं । कथित माताको शिविरमा राखिएकी बालिकाको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकाको हत्या आरोपमा पक्राउ गरिएकी माता र अन्य दुई जना अहिले प्रहरी हिरासतमा रहेका छन् । घटनाबारे पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै निक्र्यौल गर्न सकिने महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी मिलन केसीले नेपाल प्रेसलाई बताए ।
‘त्रिशुल रोपेर हत्या गरिएको भन्ने आफन्तबाट आएको छ । यसबारे हामीले अहिले नै भन्न मिल्दैन । माताकोमा उपचार गर्न भनेर राखिएको बच्चाको मृत्यू भएको चाहिँ सत्य हो,’ उनले भने । बालिकाको आज पोष्टमार्टम गरिएको भए पनि रिपोर्ट प्रहरीले प्राप्त गरिनसकेको उनले बताए । माता भनिने काठमाडौंको रानीवन निवासी उमा शाही ठकुरीलाई शनिबार बेलुका नै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको डीएसपी केसीले बताए ।
परिवारले शव लिन अस्वीकार गर्नुपर्ने कारण नभएको डिएसपी केसीको भनाइ छ । उनले भने, ‘पोस्टमार्टम गरेपछि शव नलिने भन्ने कुरै भएन । केका लागि नलिने भन्ने हो । घटनासँग सम्बन्धित मान्छे नियन्त्रणमा छँदैछ ।’