Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालुवाटारबाट बाहिरिँदै विप्लवले भने, यस्तो त्ररित्र चरित्र चल्दैन

काठमाडौं । अदालतबाट पक्राउ पूर्जी जारी भए पनि नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव निरन्तर समाजवादी मोर्चाको बैठकमा सहभागी भइरहेका छन् । बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको समाजवादी मोर्चाको बैठकमा उनी पार्टीका अरू नेताहरूसँगै सहभागी भए । बैठकमा ठोस के विषयमा छलफल भयो भन्ने कुरा बाहिर आएको छैन । यद्यपि विप्लवले अदालतको पूर्जी र सरकारसँग भएको सहमतिका विषयमा ध्यानाकर्षण गराइएको बताए । उनका अनुसार आजै साँझ ६ बजे फेरि अर्को बैठक पनि बस्ने छ । सो बैठकले यो विषयमा थप छलफल गर्ने उनले बताए । उनले सरकारले सहमति र घेराबन्दी गर्ने चित्र देखाएको आरोप उनले लगाए । उनले भने, सरकारले सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन् । यो विषयमा साँझ छलफल हुन्छ । आजै साँझ ६ बजे फेरि बैठक बस्छ ।


सम्बन्धित समाचार