Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगले कोही आएको भए, त्यो सम्भव नहुने बताएका छन् । बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपालहरूले एकताबद्ध बनाउन कुनै पहल नगरेको बताएका छन् । मेरो माधव नेपाल, योगेश भट्टराईलगायत नेताहरुसँग भेटघाट भयो । तर, साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसूस र अनुभूति देखिंदैन ओलीले भनेका छन् । अध्यक्ष ओलीले पार्टी एकताबद्ध बनाउन दिनरात लागेको पनि बताएका छन् । हामी जिम्मेवार र अनुशासित भएकाले यो पार्टी एकता कायम गर्न प्रयास गर्छौ उनले भनेका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालहरुको महत्वाकांक्षाकै कारण कम्युनिष्ट पार्टी विभाजित हुन पुगेको पनि ओलीले बताएका छन् । पार्टी विभाजित नभएको भए पनि सम्बन्ध शत्रुतापूर्ण बनिसकेको पनि ओलीले सम्झिए । आफूलाई साधरण सदस्यबाट समेत निष्कासन गरेर सम्बन्धलाई शत्रुतापूर्ण बनाइएको उनले बताए । ‘त्यस्ता व्यक्तिहरु नेतृत्वमा हामी हुँदा त्यो पार्टी आकारमा त ठूलो देखिन्थ्यो, तर समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियतमा हुने थिएन ओलीले भनेका छन् ।
२०८१ पुष २६
ताजा नेपाल
२०८१ पुष २६
ताजा नेपाल
२०८१ पुष २६
ताजा नेपाल