Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालुवाटार भित्रै मन्त्री हुनेको लडाई ?

काठमाण्डौं । यहाँ सत्ता टिकाउने नाममा जे पनि हुन्थ्यो फेरि पनि त्यही नियती नेपाली जनताले भोग्न बाध्य भएका छन् । आफ्नो सत्ता टिकाउन एकतामा बाँधिएको नेपाललाई बहुलताबादी सिद्धान्त स्विकारेका राजेन्द्र महतोको समूहलाई मन्त्रिपरिषद्मा सामेल गराएर प्रधानमन्त्री केपी ओलीले मुलुकलाई विखण्डनमा धकेलिदिएका छन् । संविधानअनुसार सपथ खाएको भोलिपल्ट महतोले एकिकृत शासन प्रणालीलाई चुनौति दिँदै बहुलताबादका निम्ति आफ्नो संघर्ष जारी रहेको बताएपछि यो स्थिति सिर्जना भएको हो । अन्तरपार्टी कलह मिलेको खण्डमा माधव पक्षलाई सरकारमा सहभागी गराउने गरी ६ मनत्रालय आफैँसंग राखेका प्रम ओलीले आफ्नै टिमभित्र सघाउँदै आएकाहरूको चित्त बुझाउन नसक्दा यस्तो अवस्था देखिएको हो ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा सहभागी गराउन खगराज अधिकारी, महेश बस्नेत, नारदमुनी रानालाई बचन दिए पनि माओवादी छाडेर आफुलाई सघाएका रामबहादुर थापाको टिमलाई भने हिस्स पार्ने सम्भावना एमाले भित्रकै ओली पक्षमा चर्किएको विवादले पुष्टि गर्दछ । उनले हटाएका मन्त्रीहरूमध्ये उपप्रम ईश्वर पोखरेल र वनमन्त्री प्रेम आले विवादमा फसेका थिए भने प्रर्यटनमन्त्री भानुभक्त ठकाल मन्त्रालय स्तिरिय योजनाहरूको बारेमा आफ्नो धारण राख्न नसक्ने भनेर एमाले भित्रै कुरा काट्नेहरू थिए । स्वास्थ्यमन्त्रीबाट हृदयेशलाई हटाउनमा भारतसँग खरिदका लागि प्रक्रिया अगाडि बढाइएको १० लाख डोज कोरोना भ्याक्सिन भिœयाउने बेलामा हुकम कम्पिनी विचौलिया बनेर रु. ३४ करोड ३७ लाख कमिसन खाने दाउ सफल हुन नदिनु हो । उनीहरू सबै सीसीएमसीका तत्कालिन संयोजन ईश्वर पोखरेल र प्रमका सल्लाहकारहरूको सहयोगी थिए । यतिखेर प्रम ओलीलाई प्रदिप ज्ञवालीलाई पदबाट हटाउन पर्नुु र पहिल्यै बदनामी कमाएका रघुविर महासेटलाई परराष्ट्रमा भिœयाउनु हो । राम्रो गर्दागदै हटाइएका शिवमाया तुम्बाहाम्फे, पार्वत गुरुङ्ग, पद्मा अर्याल, गणेश ठगुन्नाहरू जातीयता र समावेशीताको सिमाभित्रका अनुहार थिए ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल