Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिदामा नेपाल आएका श्रमिक कुवेत फर्कने पाउने

काठमाडौं । कुवेतबाट बिदामा नेपाल आएर फेरि फर्किने तयारीमा रहेका नेपालीले भोग्नु परेका समस्या चाडैँ समाधान हुने भएको छ । गैरआवासीय नेपाली संघ कुवेतका नवनिर्वाचित कार्यसमितिसँगको परिचयात्मक भेटघाट कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले यस्तो आश्वासन दिएका हुन् । कुवेतबाट बिदामा नेपाल गएर फेरि कुवेत फर्किने तयारीमा रहेका नेपाली कामदारले भोग्नु परेको सास्तीप्रति दूतावास गम्भीर रहेको बताएका छन् । दूतावासले श्रमिकको समस्यालाई पहिलो प्राथामिकतामा राखी सम्बन्धित निकायहरुमा दैनिक छलफल भइरहेकाले केही दिनमा समाधान निस्कने राजदूत भण्डारीले बताएको एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाले जानकारी दिए । अनलाइन श्रम स्वीकृतिबारे चासो राख्दै दूतावासमा धेरै टेलिफोन आइरहेकाले अनलाइन श्रम गर्न अनलाइन बीमा भुक्तानी तथा आँखा परीक्षणाजस्ता कार्यहरुले रोकिएको उनले जनाए ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल