Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिदामा बसेका सैनिक हुद्दाको कञ्चटमा गोली, साथी समातिए

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या भएको आशंका गरिएको छ । हत्या आशंकामा प्रहरीले चितवनको टाँडीबाट उनको साथीलाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपीको विवरण प्रहरीले सार्वजनिक गरेको छैन । धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको शव बिहीबार बिहान सिमलडाँडा खेत नहरमा फेला परेको थियो । गोली लागेर उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चितवनका एसपी ओम अधिकारीले बताएका छन् । घटनास्थलमा गोलीको खोका फेला परेको छ । गुरुङको टाउकोमा गोली लागेको अवस्थामा शव फेला परेको थियो । शव पोष्टमार्टमका लागी भरतपुर अस्पतालमा राखिएको छ । ३६ वर्षीय भरत गुरुङ नेपाली सेनाका हुद्दा हुन् । महेन्द्रदल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखा दरबन्दी भएका भरत ६ दिनको बिदा लिएर चितवन पुगेको थाहा भएको छ । घटनाबारे चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल