Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
आईपीओमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइने छ । कम्पनीले प्रतिसिकत्ता सय रुपैयाँका दरले ८० लाख ९५ हजार रुपैयाँको ८० हजार ९५० कित्ता सेयर निष्कासन गरेको हो ।
जसमा ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ । १ हजार ५०० कित्ता सेयर कर्मचारी, १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ५४ हजार ७५० कित्ता सेयरमा सर्वसाधारणका लागि निष्कासन गरेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धमा मेगा क्यापिटल रहेको छ । आवेदनकर्ताले सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल