Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिष्फोटक ओपनिङ गर्दै ‘महाजात्रा’

चैत्रको ९ गते शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’लाई देशभरका हलले उच्च शोज दिएका छन् । जसकाकारण, यो फिल्मले शुक्रबार र शनिबार बिष्फोटक ओपनिङ गर्ने अपेक्षा गरिएको छ । यो फिल्मलाई देशभरका मल्टिप्लेक्सले २३४ शोज उपलब्ध गराएका छन् । साथै, सिंगल हलहरुको समेत शोज हेर्दा फिल्मले साढे २ सय भन्दा माथिको शोज पाएको देखिन्छ । यसैले, फिल्मले उच्च अकुपेन्सीका साथ दर्शकको साथ पाएको खण्डमा ओपनिङ बिष्फोटक हुनेछ । विशेषगरि, यो फिल्मलाई क्यूएफएक्स चेनले देशभर ६७ शोज उपलब्ध गराएको छ । यस्तै, वान सिनेमाजको नयाँ बाँनेश्वरको हलमा ९ र कालिमाटीको हलमा ७ शो उपलब्ध गराइएको छ । बिग मुभिजले ५ शोज, क्यूज सिनेमाजले ९ शो, बिएसआरले ६ शो, सिने डी सेफले ६ शो, एफक्यूबले ७ शो, विश्वज्योती सिनेमाजले ८ शो, रञ्जना सिनेप्लेक्सले ९ शो, सिने सिनेमाजले ७ शो, इन्फिनिटी मुभिजले ५ शो, आइएनआई अन्तर्गतको लोत्से मलमा ५ शो, बाँनेश्वरको आइएनआईमा ७ शो र बुटवलमा रहेको आई एन आईमा ५ शो उपलब्ध गराइएको छ । फिल्मका निर्देशक प्रदीप भट्टराईले देशभर प्राप्त शो आफूहरूप्रति विश्वास रहेको बताए । साथै, उनले हलसम्म पुग्ने दर्शकको पैसा र समय खेर नजाने पनि विश्वास दिलाएका छन् । प्रिमियरमार्फत प्राप्त प्रतिक्रियाले आफूहरू उत्साहित भएको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले बताए । यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ ।


सम्बन्धित समाचार