Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बीओकेसँगको मर्जरपछि पनि ग्लोबल आइएमई नै रहने

काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक अफ काठमाण्डू (बिओके)सँग मर्जरपश्चात पनि नाम ग्लोबल आइएमई नै हुनुपर्ने बताएका छन् । शुक्रबार सम्पन्न बैंकको १६ ‍औं वार्षिक साधारणसभा उनले नाम परिवर्तन भए सुरुदेखि नै काम गर्नुपर्ने बताउँदै मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई नै राख्नु पर्ने बताएका हुन् । ‘मर्जर पश्चात् बैंकको नाममा कन्फ्युजन नहोस भन्नको लागि सबै व्यवस्थापन मिलाएका छौं, नाम परिवर्तन भयो भने सुरुवातदेखि नै सबै काम गर्नु पर्छ, सबैको सुझाव अनुसार ग्लोबल आइएमई बैंक नै राख्ने सहमति गर्नुपर्ने छ,’ उनले भने । ढकालले पुस १८ देखि २५ गतेभित्र बिओकेसँग एकीकृत कारोबार गर्न लक्ष्य रहेको जानकारी दिएका छन् । उनले मर्जरपछि बैंकले अहिले भन्दा धेरै लाभांश वितरण गर्ने पनि बताए ।
यस्तै, उनले हेड अफिसले मात्र सेवा दिएर सबै ग्लोबलको बैंकको सेवा राम्रो हुन नसक्ने बताए । ‘बैंक ठूलो भएका हुँदा ४० लाख ग्राहकलाई सर्भिस दिन सके सक्षम र सफल हुन सकिन्छ, व्यवस्थापन रहेका कर्मचारीलाई तत्काल सेवा तिब्र बनाउन सीईओ लगायत सबै कर्मचारीलाई निर्देशन छ,’ उनले भने । मर्जर पश्चात् बन्ने नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी, बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा रत्नराज बज्राचार्य रहने सहमति भएको छ। मर्जर पश्चात् बैंकको कूल पुँजी ५२।२९ अर्ब, चुक्ता पूँजी ३४।४१ अर्ब, कूल निक्षेप ३८४ अर्ब, कूल कर्जा ३८० अर्ब सहित कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ ।
दुई बैंकहरुको ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ३७ लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुनेछ ।