Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अर्जुन ज्ञवालीद्वारा लेखन र सङ्कलन गरिएको बीपी, बाइबल र काँग्रेस पुस्तक पठनीय मात्रै होइन नेपाली काँग्रेसको यथार्थ इतिहास र उक्त दलको दीर्घकालीन नीति बुझ्न मद्दत गर्दछ । बीपी कोइराला र काँग्रेसका बारेमा बजारमा आएका पुस्तक भन्दा यो पुस्तक नितान्त भिन्न र फरक रूपमा सूचना सहित व्याख्या विश्लेषण गरिएको छ । नेपाली काँग्रेसको प्रारम्भिक इतिहास वि.सं. २०१५ सालको आम निर्वाचनमा बीपीले आफ्नै पार्टीका नेता सूर्यप्रसाद उपाध्यायलाई हराउने भूमिकादेखिन वि.सं. २०४८ र २०५० सालमा बीपीका भाइ गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई हराउन निभाएको भूमिकासम्म समेटिएको छ ।
वि.सं. २००७ सालपछि देशव्यापी रूपमा जबजब नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्यो तब तब ठूला ठूला हत्याकाण्डहरू मच्चाइएका छन् । यस प्रकारका घटनाहरू कहाँ कसरी भए, कति संख्यामा हत्या गरिए त्यसको पनि विस्तृत विवरण यो पुस्तकमार्फत् जानकारी पाउन सकिन्छ । सुवर्ण समशेरको नेतृत्वमा भारतका तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरूको सहयोगमा वि.सं. २०१८ सालमा राजा वीरेन्द्रको हत्या गर्ने षड्यन्त्रदेखि उनकै छोरी इन्दिरा गान्धीको सहयोग लिएर बीपी र काँग्रेसले २०३२ सालमा विराटनगर भ्रमणका क्रममा राजा वीरेन्द्रको हत्या कसरी गर्न खोजेका थिए भन्ने कुरा पुस्तकमा आधारसहित प्रस्तुत गरिएको छ । यसरी हेर्दा बीपी र काँग्रेसको विषयमा नयाँ रूपमा विचार निर्माण गर्नुपर्ने देखिन्छ ।
लेखकले इतिहासदेखिका घटनाक्रमहरू समेट्दै त्यसलाई प्रमाणिकरण गर्ने आधारहरू प्रस्तु्त गर्दै २०३३ साल पौष १६ गते कथित राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी नेपाल फर्किएको घटना उनको राष्ट्रप्रतिको चिन्ता नभएर भारतमा तत्कालिन प्रधानमन्त्री र काँग्रेसका प्रतिपक्षी जयप्रकाश नारायण र सोसलिष्टसहित अमेरिकासँगको कोइरालाको सम्बन्धका कारण गान्धीसँग अन्तरविरोध बढेपछि बस्न नदिएपछिको बाध्यात्मक अवस्था थियो । लेखकले शाही नेपाल वायुसेवा निगमको जहाज अपरहणदेखि राजा वीरेन्द्रमाथि बम प्रहार गर्नेसम्मका घटना हुन् या पूर्वी पाकिस्तान विभाजन गर्न बंगलादेशमा विद्रोह मच्चाउँदासम्म बीपी भारतीय गुप्तचर संस्था रअ र इन्दिरा गान्धीबीच मत भिन्नता नरहेका प्रमाणहरू पेश गरेका छन्, लेखेका छन् ।
पुस्तक तीन खण्डमा विभाजित छ । यसको पहिलो खण्ड बीपी र काँग्रेसमा केन्द्रीत छ भने दोस्रो खण्डमा २०६२÷०६३ को तथाकथित जनआन्दोलन बीपीलाई जस्तै माओवादीलाई भारतले गरेको संरक्षण बीपी जस्तै माओवादी भारतीय गोटीको रूपमा कसरी प्रयोग भए ? भन्ने विषय समेटिएको छ भने यसको तेस्रो खण्डअन्तर्गत जलश्रोत तथा सीमा अध्येता रतन भण्डारीको काँग्रेसले गरेका कोशी, गण्डकी, महाकाली जस्ता सन्धि सम्झौताहरू कसरी देशको अहितमा छन्, कसरी राष्ट्रघाती छन् ? विस्तृत व्याख्या रहेको छ ।
त्यसैगरी इतिहास अन्वेषक राप्रउ पोखरेल, सुरक्षाविद् डा. कर्णबहादुर थापा (सिंहनाथ योगी), राजनीतिक अध्येता भरत दाहालका विश्लेषणात्मक आलेखहरूले पुस्तकलाई अझ ओजनदार मात्रै होइन नयाँ पुस्तालाई विगत र वर्तमान नेपाली राष्ट्रिय सङ्कटबारेमा बुझ्न पूर्ण रूपमा मद्दत गरेको छ । लेखक ज्ञवालीले पुस्तकको शीर्षक बीपी कोइरालाले क्यापुचिन पादरीकै शैलीमा पृथ्वीनारायण शाह र नेपाल एकीकरण गरेको गोर्खाली सेनामाथि गरेको आक्रमण र बीपीका साहित्य बाइबलको कपी भएको कुरा सप्रमाण लेखेका छन् । पुस्तकको नाम बीपी, बाइबल र काँग्रेस यिनै दुईवटा शीर्षकको लेखन (१) नेपाल एकीकरणमाथि बीपीको हमला (२) बाइल इसाइ मिशनमा बीपीको साहित्यकाट लिइएको छ ।
पुस्तकमा बीपीका भाइ गिरिजाप्रसाद कोइरालाले २०६३ सालमा माओवादीको सहयोगमा आफ्नै पार्टीका नेता गोविन्दराज जोशी र खुमबहादुर खड्काको हत्या गर्ने षड्यन्त्र कसरी गरेका थिए भन्ने कुरा गोविन्दराज जोशीसँगको कुराकानी र अन्य सूचना स्रोतकाआधारमा समेटिएको छ । यतिमा मात्र सीमित छैन । लेखकले काँग्रेस नेता तथा पूर्व प्रधानमन्त्री शुलिश कोइरालको कोइराला निवासमै हत्या भएको कुरालाई तर्क र आधारसहित प्रमाणित गर्ने प्रयत्न गरेका छन् । भनिन्छ इतिहास खोज र अनुसन्धानको नजिक पुग्ने हो । यस अर्थमा बीपी, बाइबल र काँग्रेस पुस्तकले धेरै रहस्यमय पाटाहरूलाई उजागर गरिदिएर स्वयं काँग्रेसहरूलाई पनि आफ्ना गतिविधिहरू र वर्तमानको सङ्कटका विषयमा झकझक्याएको छ । पुस्तक पठनीय, संग्रहणीय र सूचनामूलक छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल