Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण टिचिङ अस्पतालमा गरिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार नेपालकै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने भएको छ । ज बसेको सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार त्रिवि शिक्षण अस्पतालमा गरिने जानकारी दिएका हुन् । सचिवालयको आजको बैठकमा प्रधानमन्त्री एवं नेकपाको अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य उपचारको योजनाको बारेमा जानकारी गराउनु भयो, प्रवक्ता श्रेष्ठले भने, यही बुधवार उहाँको मिर्गौला प्रत्यारोपणको काम हुने योजना बनाइएको छ । जस अनुसार उहाँ भोलि नै त्यसका लागि अस्पताल भर्ना हुनुहुनेछ । र त्रिवि शिक्षण अस्पतालमा उहाँको मिर्गौलाको प्रत्यारोपण हुनेछ ।
२०६४ साउनमा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएपछि गत भदौमा सिंगापुरमा प्लाज्माफेरासीस समेत गरिएको थियो ।
यद्यपी कात्तिकदेखि उनको मिर्गौलाले फेरी काम गर्न छाडेपछि डायलाइसिस शुरु गरीयो । कात्तिक १३ गतेदेखि मिर्गौलाको नियमित डायलाइसिसमा रहेका प्रधानमन्त्री ओलीका निजी चिकित्सकहरुले उनलाई मिर्गौला पुनः प्रत्यरोपण गर्न सुझाए । तर प्रधानमन्त्री ओली मंसिर १४ गतेको उपनिर्वाचनपछि मात्र मिर्गौला प्रत्यारोपण गर्ने निश्कर्षमा पुगे । उपनिर्वानको मिति नआउँदै प्रधानमन्त्री ओलीको एपेन्डिक्सको शल्यक्रिया गर्नुपयो ।
मंसिर १० गते आकस्मिक रुपमा स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भए । स्वास्थ्य परीक्षणको क्रममा एपेन्डिसाइटिस भएको पुष्टि भए पछि उनको तत्काल शल्यक्रिया गरिएको थियो ।
प्रधानमन्त्री ओलीको मिर्गौलाले काम नगरेकाले नियमित डायलाइसिस समेत भयो । मंसिरमा १० गतेदेखि अस्पतालको आइसीयूमा रहेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको उपचार पुरा भएपछि मंसिर १९ गते अस्पतालबाट डिस्चार्ज भएका थिए । एपेन्डिक्सको शल्यक्रिया पश्चात प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको योजना तत्काललाई स्थगित भयो । एपेन्डिक्सको शल्यक्रियापश्चा प्रधानमन्त्री ओलीको सातामा दुई पटक नियमित डायलाइसिस गराउँदै आइएको थियो । गत साता मुटुको कोरोनरी एन्जियोग्राफीको रिपोर्ट सामान्य देखिएपछि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको थियो ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल