Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बुहारी बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

तम्घास । गुल्मीमा सहोदर बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर ६ स्थित ३५ वर्षीय जेठाजुले सहोदर १९ वर्षीया बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
१९ वर्षीया बुहारीलाई वडा नम्वर ६ स्थित किटेनी गोठमा असार १४ गते दिउँसो ३ बजे जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।