Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बेला बिताएर खानेपानी मन्त्रीको दौडधूप

काठमाडौं । काम गर्छु भन्ने तर समयमा निर्णय नगर्ने, विभागीय प्रमुख र कर्मचारीसँग रिसाउने कामको रफ्तार बढाउन नसक्ने खानेपानी मन्त्री उमकान्त चौधरीको कार्यक्षमतामै प्रश्न उठ्ने गरेको छ । उनी काँग्रेसभित्र कृष्ण सिटौला पक्षधर हुन् त कार्यक्षमता प्रस्तुत गर्ने प्रशासनिक क्षेत्रलाई रिझाएर काम लिने जस बटुल्ने क्षमतामा होइनन् । मन्त्री भएको चार महिनासम्मको समयमा धेरै काम लिन सकिन्थ्यो तर चौधरी कर्मचारी संरचना मिलाउनै असफल भए । शुरुमा सचिव कमजोर थिइन् अहिले सचिव धेरै बाठो मन्त्रीलाई नै रिँगाउने चरित्रका पुगेका छन् ।

विज्ञान प्रविधिबाट आएका एरोनोटिकल इञ्जिनियर सचिव सुरेश आचार्य, स्वकीय सचिव शशी लम्सालको जाल खानेपानीमा बन्दैछ । यो टोली लामो समयसम्म कुनै योजना कार्यान्वयनमा भन्दा आफ्नै डिजी पद कसरी टिकाउन सकिन्छ भन्नेतर्फ लागेका खानेपानी विभागका तत्कालिन महानिर्देशक तिरेश खत्रीको चमेनामा रमायो । आफ्नो ढङ्ग नभए पनि कन्सल्टेन्टको साथमा पिआईडीमा ३ वर्ष बिताएका तिरेशको विभागमा उनीभन्दा दक्ष प्राविधिकहरूसँग दोहोरो सम्वाद गरी विभागका योजना कार्यान्वयन गर्ने क्षमता थिएन । नगद नारायणमा उनले रेकर्ड तोडेका हुन् पिआईडीमा छानविन भए त्यो देखिन्छ । धाक बालुवाटारको लगाउने पाएको जिम्मेवारी पूरा नगरेपछि बल्ल मन्त्री चौधरीले तिरेश खत्रीलाई मन्त्रालय तानेर विभागमा सूर्य कँडेललाई महानिर्देशक बनाउँदै पिआईडीबाट कमल श्रेष्ठलाई विभाग पठाएर मेलम्चीका राजेन्द्र सपाकोटालाई पिआडीमा खटाएका छन् ।

आफ्नो जग्गा बेचेर मन्त्रीको इच्छा पूरा कसैले गर्दैन । समय त्यस्तो छैन । मन्त्री चौधरीले पिआईडीका कार्यालय प्रमुखले डोकोमा थापेर चुनाव खर्च दिन्छन् र धन थुपारौला भन्ने सोचले अबको ३ महिनाको समयमा कर्मचारीको पाँडे पजनी गरेका हुन् भने त्यो ठूलो गल्ती हुनेछ । पिआईडी गएका राजेन्द्र सापकोटाले पनि कमल श्रेष्ठले जस्तै भोज विक्रम थापाले कुम्ल्याएर गएको रु १४ अर्बको ठेक्काको रेखदेख गर्ने हो । एडिीबीले मेलम्चीका लागि रु ३३ अर्ब सक्यो वर्षाद्को बाढीले मेलम्ची क्षेत्र बगर भएको मन्त्रीले बुझेकै छन् । त्यहाँ ३० लाखको स्टीमेट ४६ लाखमा गराइएको छ गेगर फाल्न र मेलम्चीलाई चुनावी नारा बनाउने काम हुँदैछ । त्यहाँ चिनियाँ कम्पनीले काम गरेको छ । मन्त्री वैशाखमा अस्थायी संरचनाबाट पानी ल्याइन्छ भन्दैछन् । तर उनको निम्ति मेलम्चीको पानी व्यवस्थापन र वितरण गर्ने केयुकेयलभित्रको काँग्रेसी गुटबन्दी विवादमा नपर्ला भन्न सकिँदैन । किनकि केयुकेयलभित्र संस्थागत जिम्मेवारी पूरा गर्ने चरित्रनै छैनन् । त्यहाँ धेरै नेता र ठेकेदार छन् ।

विभागमा सूर्यराज कँडेल महानिर्देशक, कमल श्रेष्ठ लगायत २ जना उपमहानिर्देशक छन् । प्राविधिक पाटोमा भिडन विभागको टोली सक्षम छ । तर आवको २ महिना २० दिनमा तिरेश खत्रीले थन्क्याएका योजनाहरू कार्यान्वयनको शुरुआत त होला उपलब्धी के आउला ? जिम्मेवारी समयमा दिएको भए विभागले योजना छनौट र कार्यान्वयनको पाटोलाई अगाडि बढाउन सक्थ्यो । जिम्मेवारी दिने तर बेला विताएर खानेपानी मन्त्रालयले कस्तो उपलब्धी हासिल गर्ला ? मन्त्री उमाकान्त चौधरीले मन्त्रालयभित्र काम भन्दा दामकै जोखाना हेर्न थाले भने त्यो अन्तर्गतका विभाग, वोर्ड, केयुकेयलबाट जनताको शुद्ध पानी पाउने आशा पूरा हुन्न । सरकारको लगानी समेत खेर जान्छ । त्यसैले काम प्रमुख हो, दाम त कामले ल्याउँछ भन्ने सोचाई हुनुपर्दछ ।