Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बैकिङ कसुर मुद्दाका फरार पक्राउ

काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार कसुरदारहरु मकवानपुर हेटौंडा उपमहानगरपालिका(२ बस्ने ३३ वर्षीय संजय पोख्रेल र सोही ठाउँकी ५८ वर्षीया लक्ष्मी देवी पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ ।
बैकिङ्ग कसूर मुद्दामा उच्च अदालत पाटनको २०७१ मंसिर २१ गतेको फैसलाले संजयलाई ३ वर्ष कैद र १ करोड ९५ लाख २६ हजार रुपैयाँ र लक्ष्मी देवीलाई २ वर्ष कैद र ७९ लाख २२ हजार रुपैयाँ जरिवाना ठहर भएकोमा सजाय वेरुजु रही फरार भएका थिए । केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले संजयलाई आइतबार काठमाडौंको गौशला र लक्ष्मी देवीलाई मंगलबार पर्सा वीरगंजबाट पक्राउ गरेको हो । २०६७ फागुन २५ गते क्रिष्टल फाईनान्स थापाथलीबाट जग्गा धितो राखी धितो राखेको जग्गाको आफूखुशी अस्वाभाविक रुपमा मूल्याङकन गराई कर्जा लिई कर्जा दुरुपयोग गरेका थिए ।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत काठमाडौं र पर्सा मार्फत कैद भुक्तानका लागि कारागार पठाइएको उक्त व्यूरोले जनाएको छ ।


सम्बन्धित समाचार