Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बोआओ फोरममा चीनले नेपाललाई किन बोलाएन

  • अर्जुन ज्ञवाली

कुटनीतिक विश्वसनीयता गुमाएको वर्तमान सरकार स्थापना कालदेखिनै नेपाल संस्थापक सदस्य रहीआएको बोआओ फोरममा यस पटक चीनले नेपाललाई निमन्त्रणा दिएन । बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजा वीरेन्द्रलाई जत्तिकै सम्मान दिएको चिनले यस पटक बोआओ फोरममा नेपाललाई निमन्त्रणा नदिनु केपी ओलीको अदूरदर्शी र पटमुर्खतापूर्ण राजनीतिको परिणाम हो । यसले भावी दिनहरूमा कस्तो परिणाम आउनेछ त्यसको आँकलन अहिले नै गर्न सकिँदैन । पूर्व राजाको शासनकालमा पनि यस्तै कमजोरी भएको थियो । तत्कालिन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई चीन पठाउन लागेपछि चिनियाँ राजदूतावासले उहाँको भ्रमण नगराउन फ्याक्समार्फत् आग्रह नै गरेको थियो । कुटनीतिमा यसरी किटानी नै गरेर सित्तिमित्ति अनुरोध गरिँदैन । स्मरण रहोस् रमेशनाथ पाण्डे भियतनाम वारमा अमेरिकीहरूले आक्रमण गर्दा नेपालबाट निमन्त्रणा गरिएका एक मात्र पत्रकार थिए । उनैलाई चिनियाँहरूको आग्रहविपरित चीन पठाइयो । चीनसँग सल्लाह नै नगरी सार्कमा चीनलाई पर्यवेक्षकको रूपमा राजा ज्ञानेन्द्रले प्रस्ताव गरे । यसलाई भारत र पश्चिमाहरूले राजा ज्ञानेन्द्रको चीन ढल्काई भनेर प्रपोगण्डा गरे । यसरी सीआइएसँग नजिक रहेका रमेशनाथ पाण्डेले दरबारलाई बेबकुफ त बनाएका थिए तर उनलाई नै पठाउनु पर्ने राजा ज्ञानेन्द्रको बाध्यता के थियो ? उनले परापूर्व कालेखिनै चीनसँग राम्रो सम्बन्ध विकास गरेका डा. केशरजंग रायमाझी, कीर्तिनिधि विष्टलाई किन सम्झिएनन् ? जबकि कीर्तिनिधि विष्ट त राजा ज्ञानेन्द्रको मन्त्रिपरिषद्मा उपाध्यक्षनै थिए । अहिले केपी ओलीले ठीक त्यस्तै कच्चा, अदूरदर्शी र पटमूर्ख कुटनीति अँगालेका कारण चीनले बोआओ फोरममा नेपाललाई बोलाएन । यो वर्तमान सरकारको असफल कुटनीति हो । अझ एक कदम अगाडि सरेर प्रधानमन्त्री केपी शर्मा ओलीले बोआओ फोरमको पूर्व सन्ध्यामा विवादास्पद अमेरिकी परियोजना एमसीसी संसदबाट पारित गर्न सभामुख अग्नि सापकोटाले रोकेको र त्यसलाई तुरुन्त संसदको विजनेश बनाउनुपर्ने भन्दै नयाँ वर्षकै शुभकामना सन्देशमा आफू एमसीसीको पक्षमा रहेको सन्देश प्रवाहित गरे । यसबाट चीन अझै झस्किएको हुनसक्दछ ।
नेपालको विदेश नीति स्थापनाकालदेखिनै दक्षिणसँग संघर्ष र चीनमैत्री रहँदै आएको छ । यतिबेला पश्चिमाहरूको आधार क्षेत्रमा टेक्दै चीनसँग खेल्नखोज्नु आत्मघात मात्रै हो । प्रधानमन्त्री नियुक्तिमा निर्वाचन सम्पन्न भएपछि दुई महिना ढिलाई भएको थियो । त्यतिबेला केपी ओली अहिलेको रसुवागढी नाका पुगेर चीनतीर देखाउँदै यही बाटो रेल आउन लागेकाले आफूलाई रोक्न खोजेको सन्देश प्रवाह गरेका थिए । तर, अहिले तिनै ओली सरकारमा रहेको अवस्थामा चीनले बोआओ सम्मेलनमा नेपाललाई निमन्त्रणा पनि नदिएको अवस्था छ । कुटनीतिमा सडकमा भाषण दिएजस्तो होइन । एकले अर्कोलाई आलोचना गरेजस्तो होइन । कुटनीतिका निश्चित मूल्य र मान्यता हुन्छन् र शक्ति राष्ट्रका कतिपय आ–आफ्ना महत्वपूर्ण स्वार्थहरू हुन्छन् । नेतृत्वले त्यसलाई सन्तुलन राख्नु पर्दछ । यस्तो सन्तुलन राख्न नसक्ने नेतृत्व राष्ट्रका लागि असफल नेतृत्व हो । यसकारण कुटनीतिमा वर्तमान ओली सरकार पूर्ण रूपमा असफल भइसकेको छ ।

अधार्मिकहरूको धार्मिक व्यानर
यतिबेला प्रधानमन्त्री ओली धर्म नीतितर्फ अगाडि बढिहनुभएको छ । पशुपतिमा सुनको जलहरि लगाउनेदेखि चितवनको अयोध्यापुरीमा राम जन्मभूमिको रूपमा मन्दिर निर्माणलाई सकारात्मक रूपमा नै लिनु पर्दछ । तर उहाँका दाहिने हात सुभाषचन्द्र नेम्वाङ र नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले क्रिश्चियनहरूको पैसा खाएर षड्यन्त्रपूर्वक धर्म निरपेक्षताको घोषणा गरेको कुराप्रति ओलीको धारणा के छ ? के प्रधानमन्त्री केपी शर्मा ओली सुभाष नेम्वाङलाई दायातिर राखेर धर्मको राजनीति गर्न खोज्नुभएको हो ? कुनै समय दरबारले एकातर्फ क्रिश्चियन तुलसी गिरी र अर्कोतर्फ सिआइएको जासुसी गरेका डोरबहादुर विष्ट जसले जीवनभर नेपालको मौलिम धर्म संस्कृतिमाथि प्रहार गर्न आफ्नो ध्यान केन्द्रीत गरे । अन्ततः सिआइए विरोधी केन्द्रबाट उनको सफाया गरियो । उनलाई हराएको भनिन्छ । अहिलेसम्म उनी भेटिएका छैनन् । उनका छोरा केशरबहादुर विष्ट पञ्चायतभित्रमात्र होइन गणतान्त्रिक सरकारमा उनका छोरा विराज विष्ट मन्त्रि पनि भइसकेका छन् । धादिङदेखि चीनसँग सीमा जोडिएका नुवाकोट लगायतका क्षेत्रहरूमा इसाईहरूको प्रभाव बढाउन भूमिका निभाउने बुद्धिमान तामाङ अहिले हिन्दू राष्ट्रको कुरा गर्दैछन् ।

पूर्व पञ्च दीर्घराज प्रसाईले कमल थापाले मकवानपुरमा चर्च उद्घाटन गरेको खुला गरिसकेका छन् । यो अवस्थामा धर्मको राजनीतिभित्र अधार्मिक, पापी र निकृष्टहरूले जुन राजनीति गर्न खोज्दैछन् त्यो पिसावको न्यानो मात्रै हो । २०२८ सालमा इसाईहरूको योजनाअनुसार योगी नरहरिनाथको शब्दमा इसाई, मुसाई र कसाईले ल्याएको नयाँ शिक्षाका प्रवक्ता पनि हुन् केशरबहादुर विष्ट, मोहम्मद मोहसिन र कमल थापाहरू । यही प्रंक्तिमा दायाँतिर सुभाष नेम्वाङलाई राखेर केपी ओली थपिएका छन् । प्रचण्ड र माधव नेपालको बारेमा धेरै टिप्पणी गर्नु आवश्यक छैन । किनभने प्रचण्डको दश वर्षे युद्ध क्रिश्चियन योजनामा नारायणप्रसाद पोखरेल र मुक्तिनाथ अधिकारीजस्ता धर्मगुरुहरूको हत्या गर्न थियो । बदनाम इसाई कोरियन आईमाईको विर्यपान होली वाइन कार्यक्रमका नायक मंगलप्रसाद नेपालका छोरा माधव नेपालको कुरा गर्नु नै व्यर्थ छ । बडागुरुज्यू केशरीराज पाण्डेका छोरा साइमन पाण्डेले बाइबलको प्रवचन दिनु र विद्वान व्यक्तित्व मंगलप्रसाद नेपालका छोरा माधव नेपालले होलीवाइन वीर्यपान इसाईहरूको कार्यक्रमको प्रमुख बन्नुमा तात्विक भिन्नता छैन । सबैलाई चेतना भया ।


सम्बन्धित समाचार