Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बोल्ने र नबोल्नेको देखियो तमासा

हामी जान्ने, हामी नै छान्ने भन्दै गर्दा रास्वपाको आन्तरिक स्वरूप प्रदर्शन भएको छ । बालेन्द्र शाहको रास्वपा प्रवेशले ल्याएको तरंगले आज संसदीय मूल्यको समेत ख्याल राखेन । बालेन्द्र रास्वपामा प्रवेश गर्दैनथे भने उनको प्रधानम्न्त्री हुने सपना पूरा हुँदैनथ्यो । रवि विरुद्ध काँग्रेसका गगनथापा डा. आरजु राणा एमालेका केपी ओली टुप्पी कसेर लाग्नैनथे भने पनि जनताले रास्वपाको घण्टी यसरी बजाउँदैनथे । नेकपा माओवादीका अध्यक्ष पुष्पमकल दाहालको नेतृत्वमा बनेको सरकारमा रास्वपा राप्रपासम्मलाई कुर्सी र पद दिने एमाले अध्यक्ष थिए । तर उनले जे सोचेर प्रचण्डलाई घेराबन्दीमा पार्ने गरी एमाले रास्वपा र राप्रपालाई गोलबन्द गराए त्यस्तै अवस्था टिकाउन सकेनन् । किनकि उनी आफू भन्दा जान्ने अरु छैनन् भन्ठान्थे ।
ओली आफ्नो खेलमा अरुलाई कुदाउन सक्ने अरुको नेतृत्व स्वीकार्न नसक्ने नेता हुन् । आफ्नै पार्टीमा पनि ओलीले लठैतहरूलाई काखा, पढेलेखेकालाई पाखा पारेको कुरा उनको त्यो बेलाको मन्त्रीमण्डल थियो । जुनमन्त्रीमण्डलमा पढेका अटेनन्, शिक्षामन्धी विद्या भट्टराई पद त्याग्न बाध्य पार्दै यिनले रघुजी पन्त जस्ता अनुहारालई मन्त्री दिएर शिक्षकहरूमाथि गरेको दमनको प्रतिफल एमालेले चुनावमा व्यहोरेको हो । ओलीको राज्य लुटको समर्थन गर्नु पर्ने शिक्षकका जायज माग पूरा नगर्ने हैकमवाद त्यहाँ हावी भयो । चुनाव प्रचार गर्दासम्म ओलीभन्थे एमालेको सहभागीता बिना देश चल्दैन । तर आज एमाले संघीय शासनमा तेस्रो भयो, रास्वपा पहिलो भयो । एमालेले कहिले माओवादीको कहिले काँग्रेसको सहारामा दुई तिहाईको दम्ब देखायो । तर रास्वपा एक्लैले दुई तिहाई ल्यायो ।
घमण्डले आफूलाई सक्छ भन्ने कुरा ओलीले अरुलाई पार्टी कमाण्डमा पचाएका छैनन् भन्ने हो । राज्य लाग्दा झूठोलाई साँचो बनाउन सकिए पनि त्यो टिक्दैन भन्ने देखियो । रवि लामिछानेको सहकारी मुद्दासँग जोडेर जसरी केपी ओलीले सम्पत्ति सुद्धिकरणको झ्याङ्लो भिराए त्यो कानुनी रूपमा उचित ठहर भएन । आज रास्वपाको सरकारमा बालेन्द्र शाहको उत्ताउलो प्रदर्शन छ । बालेन्द्र कुनै पनि राजनीति चेतना भएका प्राविधिक होइनन् । अराजकता नै उनको योग्यता हो । विषयगत मुद्दामा बालेन्द्रले प्रतिवाद गर्न सक्दैनन् भन्ने कुरा संसदमा नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति नै काफी छ । जुन अभिव्यक्तिले रास्वपाको विदेश नीतिमा समेत शंका उबजाउन सहज बनायो । तर पनि संसदीय दलको नेता भएका कारण बालेन्द्रले कुटनीतिक सवालमा गम्भीरता अपनाउन जरुरी थियो । फोहोर गर्ने बालेन हुन् सपार्न रास्वपालाई भ्याई नभ्याई छ । यहाँ रास्वपाका लागि रवि लामिछानेले व्यहोरेको हण्डर र लोकतन्त्रमा निरंकुश पञ्चायतलाई बिर्साउने खालको भयो । आफ्नै कार्यक्रममा खर्च देखाउन नसक्नेले भारतीय बजारलाई सघाउन इन्धनको व्यापारलाई घटाउँदै विद्युतीय ऊर्जाको प्रयोगमा जोड दिनु पर्नेमा उल्टै विद्युतीय गाडीमा भन्सार बढाइयो । बालेन्द्रको विद्युत खपत योजना यही देखियो । ओलीको कम्युनिष्ट र भाउजुको काँग्रेसले स्थापित गरेको करको दायरा घटेन बरु यस पटक मध्यम वर्गमाथि झन् दोहन हुँदैछ । राजनीतिमा चासो राख्नेले राज्यलाई कर तिरेपछि राज्यले सेवा सु्विधाको ज्ञारेन्टी गर्नुपर्छ भन्ने सोचसम्म राख्छ । तर त्यो सोच केपी ओली र उनको मण्डलीले लिएन । रास्वपामा बालेन्द्रको प्रवेशले चुनवामा हासिल गरेको देशका रूपमा आजको अराजकतालाई लिनु हुँदैन । प्रधानमन्त्री र पार्टीका वरिष्ठ नेताको सम्बन्धले सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुतीको समिक्षा आन्तरिक तहमै गर्नु पथ्र्यो । तर बजेटमा आफ्नै बाचापत्र लत्याउने बालेन्द्र शाहको त्यो अराजकता र बुझबुझारथबिना परराष्ट्रसम्बन्धी विवादित वाक्य बोल्ने राम्रो होइन । नजानेको कुरा नबोले हुन्छ । केपीले धेरै जान्ने भएर देश ध्वस्त बनाएदिएका छन् भने बालेन्द्र बोल्दै नबोले पनि विकास देखाइदिएका छन् । बालेन्द्रको निर्णयले मालपोत, नापी, पासपोर्ट जस्ता काममा सहज बनाए पनि वैदेशिक रोजगारीका राम्रा नराम्रा विषय उठाउनैपर्छ । एकैदिन सवारी लाइसेन्स दिन सकिन्छ एकै दिन जग्गा पास हुन्छ, पासपोर्ट पाइन्छ भन्ने देखियो । काम गर्दा जनतालाई सास्ती नदिनेहरूको मूल्यांकन जनताले गर्छ । कम्युनिष्ट र काँग्रेसले यो सहजता प्रदर्शन गर्न नसक्नुको कारण नै घुसखोरी हो ।


सम्बन्धित समाचार