Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ब्राउन सुगर सहित पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका(१५ चाईना मार्केटबाट बेलबारी नगरपालिका(८ गौंथली चोक बस्ने २९ वर्षीय कमान सिंह राईलाई अवैध लागूऔषध ब्राउन सुगर १५ ग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको लागूऔषध नियन्त्रण ब्यूरोको प्रहरीले भारत जोगवनीबाट नेपालतर्फ आउँदै गरेका शंकित पैदलयात्री राईलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । राईले भारत जोगवनीबाट उक्त ब्राउन सुगर करिब ५० हजार रुपैयाँमा खरिद गरी आफू सेवन गर्ने तथा अन्य सेवनकर्ताहरुलाई प्रति डोज १ हजार रुपैयाँको दरले करिब १ लाख ५० हजार रुपैयाँमा बिक्री वितरण गर्ने गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार