Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ब्ल्याकमेल गरी नाबालिका फसाउने समातिए

काठमाडौं । नक्कली फेसबुक एकाउन्ट बनाएर नाबालिकालाई जवरजस्ती करणी गरेर फरा रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक एकाउन्ट बनाएर काभ्रेपलाञ्चोकको पनौती नगरपालिका एकका अहिले ललितपुरको बस्दै आएका २१ वर्षका सुजन श्रेष्‍ठलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । शुक्रबार उनलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
श्रेष्ठले सौगात महर्जन नामको नक्कली फेसबुक आइडीबाट बिगत २ महिना अघि मात्र पीडित नाबालिकालाई साथी बनाएका थिए । त्यसपछि पीडित नावालिकालाई श्रेष्ठले बारम्बार भिडियो कल गरी संवेदनशील अंग देखाउन लगाएर भिडियो कल रेकर्ड गर्दै स्कुलमा साथीभाई तथा घर परिवारसमेतलाई उक्त भिडियो देखाउने र सामाजिक सञ्‍जालमा भाइरल बनाउँछु भन्दै धाकधम्की देखाएर ब्ल्याकमेल गर्दै आएका थिए । त्यसपछि ति नावालिका डरले पुष २७ गते राती ८ बजेको समयमा काठमाडौंको बुढानिलकण्ठ नजिकै रहेको एक निर्माणाधिन घर पछाडि भेट्न बाध्य भएकी थिईन । भेटका क्रममा श्रेष्ठले ति नाबालिकालाई जवरजस्ती करणी गरी फरार भएका थिए ।