Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भक्तपुरको वस्तीमा डुबान

भक्तपुरको डुबान तस्वीरमा हेर्नुस्
२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भएको भारी वर्षाका कारण भक्तपुर डुबानमा परेको छ । हनुमन्ते खोलाको बाढी वस्तीमा पस्दा हनुमान घाट क्षेत्र डुबानमा परेको हो ।
भक्तपुरको सिद्धी स्मृति अस्पतालसमेत जलमग्न छ । अस्पताल नै जलमग्न हुँदा उपचारका लागि आउने बिरामी, कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समस्यामा परेका छन् । बाराहीस्थान लगायतका क्षेत्र र धान खेतहरु पनि डुबानमा परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जलसतह घट्दो क्रममा रहेको बताए । अहिलेसम्म अप्रिय घटना नभएको पनि उनले बताए ।

भक्तपुर नगरपालिकाकी उपप्रमुख  जोशीले पनि अहिले पानीको बहाव घट्दो क्रममा रहेको जानकारी दिइन् । पानीको बहाव कम भएकाले डुबान घट्दो क्रममा छ, उनले भनिन् । अहिले भक्तपुर नगरपालिकाको जनप्रतिनिधिहरुको टोली डुबान प्रभावित क्षेत्रको अनुगमनमा छ ।


सम्बन्धित समाचार