Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पोखरा । सैनिक पोशाक लगाएर ‘सहायक सेनानी हुँ’ भन्ने किशोरलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१४ चाउथेबाट मुस्ताङको थासाङ घर भएका बिपिन लगुन बिकलाई पक्राउ गरिएको कास्कीका एसपी जीवन श्रेष्ठले बताएका छन् । पोखरामा निर्माणाधीन रंगशालामा गएर ‘सहायक सेनानी हुँ’ भनेपछि नेपाली सेनाको टोलीले उनलाई पक्रेको थियो । सैनिक पोशाक लगाएर हिँडेका विपिन लगुन नक्कली सहायक सेनानी भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनको साथबाट भगवती दल गण’लेखिएको परिचय पत्र र सञ्चार सेट बरामद गरिएको छ । उनीविरुद्ध लिखतसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए ।
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल