Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार २४ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन खुला गर्ने भएको छ ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन खुला गर्न लागेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले स्थानीयलाई रु. १०० अंकित मूल्यमा १६ रुपियाँ प्रिमियम थप गरी ११६ रुपैयाँ दरमा ५ लाख ७२ हजार ६५ कित्ता शेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । उक्त शेयरका लागि आयोजना प्रभावित क्षेत्र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १३, १४, २६ र २७ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
त्यस्तै ८५ हजार ८ सय १० कित्ता शेयरका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने छन् ।
स्थानीयले छिटोमा साउन ७ गतेसम्म र ढिलोमा साउन २२ गतेसम्म आवेदन दिन पाउने छन् । वैदेशिक रोजगारीमा रहेकाहरुले भने साउन ७ गतेसम्ममात्रै आवेदन दिन पाउने छन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल