Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भतरपुर महानगरमा संक्रमण बढ्यो

काठमाडौं । चितवनमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालाबाट आइतबार राति प्राप्त विवरणमा चितवन ठेगाना भएका ५३ जनामा संक्रमण पुष्टि भएको हो उल्लेख छ। संक्रमण पुष्टि हुनेहरु १० महिने शिशु देखि ६५ वर्षीया वृद्धासम्म छन्। भरतपुरमा आइतबार राति गरिएको परीक्षणमा चितवनका १८ जना, गोरखा, रुपन्देही र पूर्वी नवलपरासीका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन्।
चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन्। ती मध्ये ६ जना महिला र ६ जना पुरुष छन्। उनीहरूको भरतपुर अस्पताल स्वाब केन्द्र, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो। यस्तै पूर्वीचितवनको राप्ती नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ।
ती मध्ये १० महिने शिशुसहित ४ महिला र २ जना पुरुष छन्। उनीहरूको राप्ती क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो। यसैगरि गोरखाका ४० वर्षीय पुरुष, रुपन्देहीका ६५ वर्षीया महिला र पूर्वी नवलपरासीका २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। उनीहरूको भरतपुर अस्पताल, क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो।
धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरू सबैजना भरतपुर महानगरपालिकाका रहेको भरतपुर अस्पतालले जनाएको छ। संक्रमितहरूमा २१ जना पुरुष र १४ जना महिला रहेका छन्।