Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भत्ता खानेलाई चिन्ता भारुकै

काठमाडौं । छिमेकी मुलुक भारतले लुकेर बसेको कर दायरामा नपरेको भारुका ठूला नोट हजार र ५ सय प्रतिबन्ध लगाएको वर्षौ भयो । नेपालका शासकहरूलाई त्यसको चिन्ता थिएन । राष्ट्रबैङ्कसँग थुप्रिएको करोडौं भारु भारतमा प्रतिबन्धित छ । मोदी सरकारले भ्रष्टाचार रोक्न चालेको त्यो कदमले भारतमा समर्थन पायो, औद्योगिक घराना टाटा र बिडलाहरूले पनि सरकारको त्यो निर्णय माने तर नेपालका चौधरी, अग्रवाल, संघाई, सिरोहिया र रौनियारहरूलाई डाहा भयो । भारतकै सत्ता भारतकै आडमा नेपालमा राज्य सत्ता चलाउने नेपाली काँग्रेसमा एउटा बहादुर निस्के ती हुन् सांसद अर्जुन नरसिंह केसी । भारतीय गुप्तचर संस्था रअका विश्वासप्राप्त केसी पञ्चायती खम्बा सूर्यबहादुर थापा भन्दा पनि रअका वरिष्ठ हुन् । अहिले उनैले पार्टीको महासमिति बैठकको मुखमा भारतीय ५ सय र हजारको नोटबन्दी फुकुवा गरी नेपाल राष्ट्र बैङ्कसँग थुप्रिएको भारु फिर्ता गर्न पार्टीले पलह गर्नुपर्छ भन्दैछन् । भारुको तलब खाने डा. शखेर कोइरालादेखि गगन थापा, अमरेशकुमार सिंह, केपी ओलीहरू नेपालका सांसद छन् । मधेशी नेता राजेन्द्र महतो, हृदयश त्रिपाठी, अनिल झा सम्मलाई भारुका रुपमा चिनिँदा महन्त ठाकुरलाई भारतले नै उपेन्द्र यादवबाट छुटाएको भनिन्छ । हिजोको सद्भावना पार्टीले भारतीय दूतावासबाट पार्टी कार्यालयको भाडा पाउथ्यो भन्ने कुरा स्व. गजेन्द्रनारायण सिंहले नै आर्थिक अभाव झेल्दा बताउँथे । भारु हसुरेर राष्ट्रवादी बन्ने र भारतको थिचोमिचोमा मुख खोल्ने हृदयेश त्रिपाठीको पालो सकियो । अहिले संसदमा कुर्लने अमरेशलाई तत्थ्य र प्रमाण चाहिँदैन । उनी प्रधानमन्त्रीसँग २५ लाखबाट बार्गेनिङ शुरु गरेर ल्यापटप र आइफोनसम्ममा झरेको कुरा छर्लङ्ग छ । तर भारुको चिन्ता यिनलाई छैन । जोरी खोज्नेहरूलाई समयले ठेगान लगाउँछ । ब्वाँसाहरूमाथि पनि भारु खानेले औंला उठाउँछन् भन्ने कुरा अमरेशकुमार सिंह हुन् । अरुलाई भ्रष्ट भन्ने सिंहले संसद भत्ता फिर्ता गर्दैनन । तर दलका कार्यकर्ता पाल्न विदेशीको दबावमा उ उभिएको जनता ठग्ने गणतन्त्रका नयाँ राजा पूर्व राष्ट्रपतिले वार्षिक ५० लाख हजम गरेकोमा कुनै टिप्पणी गर्दैन । स्थानीय तहका नयाँ शासकहरूको लुटले देश कंगाल भयो, जनता भोकमरीमा पर्ने अवस्था आउँदा अमरेशहरूको बोली सुक्छ । किनकि नेपालको हरेक क्षेत्रमा भारतीय दबदबा छ । नेपाली किसान भारतीय बजार हस्तक्षेपले पीडित बन्दा जनताको प्यारो बन्ने खैजडीहरूको बोली फुट्दैन त्यहाँ नेता छन् ।