Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको नतिजा दुई सातामा प्रकाशित गर्ने तयारी गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को नतिजा आउन दुई साता लाग्ने बताएका हुन् । कक्षा १२ को परीक्षाफल प्रकाशित गर्दा ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार नन ग्रेडेड (अवर्गिकृत) लागु गरिने उनले बताए। निर्देशिका अनुसार ३५ प्रतिशत भन्दा कम नम्बर आएमा विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने उनले जानकारी दिए । जेठ १६ देखि २५ सम्म सञ्चालन भएको कक्षा १२ को परिक्षामा ४ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।
० देखि ३५ प्रतिशतलाई नन ग्रेडेडमा राखिएको राष्ट्रिय परिक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए । ‘नन ग्रेडेड भनेको माथिल्लो तहमा अध्ययन गर्न नपाउने अर्थात फेल हुनु सरह हो,’ उनी भन्छन, ‘नन ग्रेडमा ल्याएका विद्यार्थीले ३ पटक (बर्ष) सम्म परिक्षामा दिन सक्नेछन् ।’ कुनै विद्यार्थीको दुई बिषयमा मात्र तोकिएको ग्रेड भन्दा कम (नन ग्रेड) आएमा मौका परिक्षामा सामेल भई ग्रेड बढाउन सक्छन्। तर दुई भन्दा बढिमा नन ग्रेड आएमा बार्षिक परिक्षमा सामेल हुनपर्ने उनी बताउँछन् ।
२०८१ पुष २४
ताजा नेपाल
२०८१ पुष २४
ताजा नेपाल
२०८१ पुष २३
ताजा नेपाल