Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भदौ २३ गते एमालेले संसद्मा शक्ति देखाउने

काठमाडौं । चलिरहेको संसद बन्द गरेर अध्यादेश ल्याउने अनि त्यही अध्यादेशलाई खारेज गर्न संसदको बैठक बोलाउने काम गठबन्धन सरकारले गर्दैछ । सरकारको झेली अभियानका नेकपा एमालेले संसद् सञ्चालन गर्न नदिने तयारी गरेको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर रुष्ट रहेको एमालेले अब बस्ने संसद् बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । सरकारको सिफारिशमा राष्ट्रति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधबार ४ बजेको लागि संसद् अधिवेशन बोलाएकी छिन् । तर, प्रमुख प्रतिपक्षी एमालेले भने बैठक सहज रुपमा चल्न नदिने तयारी गरेको छ । त्यसको संकेत आज एमाले सांसद महेश बस्नेतको चेतावनीले देखाएको छ। उनले प्रमुख प्रतिपक्षको भूमिका २३ गतेको संसद् बैठकमा देखाईदिने चेतावनी दिएका छन् । उनले आज काठमाडौंमा आयोजित युवा संघको भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो चेतावनी दिएका हुन् । उनले सभामुख सापकोटाको भूमिका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यकर्ताको जस्तो भएको भन्दै आलोचना गरे । उनले सभामुखले कुनै अमुक पार्टीको पक्ष लिएको पनि टिप्पणी गरे । खासगरी १४ सांसदलाई पदमुक्त गर्न सिफारिश गर्दापनि सभामुखले सोहीअनुसार कारबाही अघि नबढाएको भन्दै एमाले रुष्ट बन्दै आएको छ ।