Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भद्रगोल निम्त्याउदै, हात उठाउदै सरकारको ध्यान गजुर र मुर्तिमा

काठमाण्डौ । धर्म निरपेक्षको शब्द संविधानमा घुसाएर युरोपेली युनियनको विश्वास प्राप्त दलाल बनेका प्रम केपि ओलीका सारथी सुभाष नेवाङ्गले भड्काएको जनमत आफ्नो पक्षमा पार्न प्रधानमन्त्री केपि ओलीले पशुपतिनाथलाई सुनको जलप । माडी अयोध्यापूरीमा राम सिता र हनुमानको मुर्ति स्थापना गर्नु नै कोरोना कहरको नियन्त्रण ठाने । अस्पतालमा बेड थप्ने आस्थाइ आइसोलेसन वार्ड बनाउने, चिकित्सक नर्स एंव स्वास्थ्य कर्मी अभाव हटाउने, सुरक्षा कर्मीलाई विश्वासमा लिन, र राष्ट्रिय महामारीकोे बेला राज्यको दायित्व दर्शाउन ओली पथले जरुरी ठानेन ।

आफै निर्णय गर्ने आफै उल्ट्याउने काम प्रधान मन्त्रीकै अगुवाईमा भयो । मन्त्री परिषदले बैशाख ६ गते नै २५ जना भन्दा बढि भेला हुन नपाउने निर्णय गर्याे । मन्त्री परिषदको निर्णय स्थानीय प्रशासकहरुले कडि कडाउ गरेका थिए । विवाह, उत्सव, मृत्यु जस्ता संस्कृति क्षेत्रमा समेत संख्या तोकियो । तर प्रमुख जिल्ला अधिकारीहरुको निर्देशन बालुवाटारले टेरेन । प्रमले पूजा गरेका मूर्ति जात्रा सहित देवघाट हुँदै गाडीमा पुर्र्याए । त्यहाँ मन्त्री भानुभक्त ढकाल बागमति प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल रुद्राक्ष भिरेर माक्स बिना सहमागी भए ।
पार्टी विभाजन गराएर एमाले र माओवादीको द्वन्द भन्दा एमालेकै अन्र्तकलह चर्कियो । गुटबन्दीलाई महत्व दिने ओली पक्षले पनि रमिता देखायो । रोगले ठूलो सानो भन्दैन । जुन रोगको औषधी छैन त्यो रोग नियन्त्रण गर्न प्रधानमन्त्रीले बेसार पानीको प्रचार गराए । प्रम भएर मुलुकको शासक कहाँ के बोल्नु पर्छ ख्याल नगर्ने, आफ्नो स्वार्थका लागि जे पनि गर्ने अवस्थामा पुगे । कोरोनाको उपचार औषधी भन्दा आफै सर्तक रहने, चिकित्सकको सुझाव र सल्लाह अनुसार चल्ने नै बचाउ हो । तर प्रधानमन्नत्री आफै देशको ठूलो डाक्टर बन्न पुगेको अवस्था छ । सरकारले नीजी मेडिकल कलेज र अस्पताललाई तह लगाउन सकेन । राजनीतिक द्वन्द जारी छ । कम्युनिष्टको बदनाम कम्युनिष्ट कै दौरा सुरुवाल लगाएर केपि ओलीले गरेका छन् । उनले एक वर्ष अगाडि नै पार्टी फुटाएर आँफू अजम्बरी बन्न कोशीश गरे । प्रम ओली आँफू मात्र सर्वेसर्वा ठान्ने चरित्रका अहंकारी थिए । यीनकै अहंकार र सनकको भरमा मुलुक भद्रगोल भूमरीमा पर्दै सरकार जोगाउन सांसद अपहरण गर्ने राष्ट्रको ढुकुटी लुट्ने अभियान चलाउदै छन् । यो अहंकारले संसदीय व्यवस्थाको बदनाम गरेको छ । काममा चासो पनि ओलीको नभएको होइन । आफ्नै शिलालेख राख्न पाईने भएकोले प्रधानमन्त्रीले मेलम्चीको चासो लिए, निर्माण पूरा नहुँदै धरहरा उद्घाटन गरे । बजेटको व्यवस्थापन छैन स्थानीय तहमा अस्पताल निर्माण गर्ने भन्दै निर्वाचन क्षेत्रमा अस्पताल शिलान्यास गरेका छन्, रेखाङ्कन छैन । निर्वाचन क्षेत्र भर सडकहरुको शिलान्यास गरेकै छन् । व्यवसायीक कृषिलाई जोड दिने योजना छ । बजेट छैन तर प्रमले थालनी गरेको घोषणा भयो । कम्युनिष्ट सरकार बन्यो त्यसले जनताका बीच निर्वाचनका बेला घोषणा पत्रले औल्याएका कुनै पनि कार्यक्रमको योजना बनाएको देखिएन ।

एकिकृत पार्टीको विभाजन हुँदैमा कम्युनिष्ट पार्टी र त्यसले निधरिण गरेका कार्यक्रमको कार्यन्वयन गर्नमा ध्यान दिदा विग्रने थिएन । सरकार नामको मात्र भयो । नीतिगत लुट ओली पथको एजेण्डा भयो । पार्टी भन्दा गुटलाई महत्व दिदा सबै तिर लथालिङ्ग भयो । राष्ट्रको समस्यामा सर्वदलीय सहमति देखिएन । सरकारले दलीय समझदारीलाई ध्यान दिएन । पार्र्टी विभाजन भईरहेको बेला प्रदेश सरकार विरुद्ध अविस्वास जगाउने र सहयात्रीलाई खेद्ने काम नै प्रधानमन्त्री ओली र उनको समूहको मुल एजेण्डा बनाईयो । अहिले सरकार कोभिड प्रभावितको सुरक्षा भन्दा हात उठाएर लुट्न सकृय छ । यो प्रवृत्तिले कुनै दिन देश रामराज्यमा पुग्ने अवस्था नआउला भन्न सकिदैन । किनकी सरकार लकडाउन गरेर गरिब र श्रमीकको भोको पेटमा नाङ्गो नाच प्रदर्शन गर्दैछ । कोरोना महामारीमा सरकारको तयारी छैन । एक वर्ष अगाडि देखिएको त्यो समस्या जस्ताको तेस्तै छ । सरकारले अस्पतालका चिकित्सक सुरक्षा कर्मिलाई समेत इमान्दार पूर्वक व्यवहार गरेन । भारतीय सरकारले महामारी चम्कदा हिन्दू जात्रा र मेलाको आयोजना गर्याे । पूर्वराजा मस्कदै सहभागी भए । उनी पनि कोरोनाले ग्रसीत भए भने बालुवाटार र धरहरामा जात्रा चलाएका प्रम ओली आफै भने सुरक्षित छन् कसरी ?