Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भविष्य खोज्न साउदी पुगेका सन्तबहादुरलाई दिइयो मृत्युदण्ड

काठमाडौं । हत्या आरोपमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा रहेका मोदी गाउँपलिका–४ खुइजेरी, पर्वतका सन्तबहादुर पुनलाई मृत्युदण्ड दिइएको छ । नेपाल र साउदी सरकारका तर्फबाट उनलाई जीवनदान दिलाउन पीडित परिवारसमक्ष गरिएका सबै प्रयास खेर गएको छ । पीडित परिवारले ‘खुनको बदला खुन नै हुनुपर्ने’ अडानबाट पछाडि नहटेपछि साउदीको आन्तरिक मन्त्रालयले मृत्युदण्डको फैसलालाई कार्यान्वयन गरेको हो । स्थानीय अदालत, पुनरावेदन र सर्वोच्च अदालतले साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीको हत्यामा दोषी करार गर्दै मृत्युदण्डको फैसला २०५८ जेठमै सुनाएको थियो । त्यसलाई रोयल कोर्टले समेत अनुमोदन गरेपछि मृत्युदण्डको फैसला कार्यान्वयन गरेको आन्तरिक मन्त्रालयले उल्लेख गरेको छ । सरिया कानुनबमोजिम सन्तबहादुर पुनलाई बिहीबार मृत्युदण्डको सजायलाई कार्यान्वयन गरेको सुनिश्चित गर्दछ । अपराध गर्ने जोकोहीले पनि साउदी सरकारले बनाएको सुरक्षा, न्यायको प्राप्ति र अल्लाह भगवानले बनाएको नियमको भागिदार बन्नुपर्छ, मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । २०५४ सालमा साउदी अरेबियाको दक्षिण भेगस्थित गुरियतको नासफाह गाउँमा खेतीको कामका लागि पुगेका थिए, सन्तबहादुर । जुन गाउँ राजधानी रियादबाट १२ सय किलोमिटर टाढा पर्छ । साउदी गएको चार वर्षपछि एक दिन साहुका दुई सय भेडा चराउन मजराकै एक मरुभूमितर्फ लागे । जहाँ साउदी नागरिक अल सरारी भेडा माग्न बारम्बार गोठमा आउन थाल्यो । सन्तबहादुरले पहिलो दिन भेडा दिएनन्, दोस्रो दिन जबर्जस्ती लैजान खोजेपछि बिरामी भेडा दिएर पन्छाए । यद्यपि उक्त व्यक्तिको भेडा माग्ने क्रम रोकिएन । सन्तबहादुरले सम्झाउन खोजे, तर उल्टै हप्कीदप्की गरेर जाइलाग्यो । साथमा भएको चक्कु आवेशमा चलाउँदा ठाउँको ठाउँ ऊ ठहरै भयो । मलाई पनि फाँसी हुन्छ भनेर लगत्तै आफूलाई पनि चक्कु हानें । प्रहरीले मलाई घाइते अवस्थामा अस्पताल पुर्‍यायो । सन्तबहादुरले आफू दोषी रहेको कबुल गरेपछि प्रहरीलाई थप अनुसन्धान गर्न समय लागेन । उनलाई दुई वर्षसम्म कसैसँग बोल्न र भेट्न नदिई नजरबन्दमा राखियो । एउटा भेडाका लागि मैले ज्यान लिएँ  । मृतक सरारीका तीन छोरा छन् । घटनाताका कान्छा छोरा ५ वर्षका थिए । नाबालक ती छोरा १८ वर्ष पुगेपछि मात्रै मृत्युदण्डको कार्यान्वयन विषयमा अर्को निर्णय गर्ने फैसला सुनाइयो । मृत्युदण्ड दिन सबै परिवारको सहमति चाहिने भएपछि सन्तबहादुर त्यतिन्जेल कुरैयात जेलमै बस्नुपर्ने भयो । जेलका अधिकारीले सन्तबहादुरका मालिकलाई पीडितमार्फत माफी दिन प्रयास गर्न लगाए पनि पीडितले मानेनन् । नेपाली दूतावासले मृतकको समुदायका स्थानीय नेतामार्फत पनि माफीको प्रयास गरे तर सम्भव भएन । केन्द्रीयस्तरमा रहेको आममाफी कमिटीका अलकासिम क्षेत्रका गभर्नर, अलजोफ क्षेत्रका गभर्नर र मुख्य न्यायाधीश तीनै जना सन्तबहादुरलाई माफी दिलाउन प्रयासरत थिए । तर, मृत्युदण्ड दिने वा माफी दिनेसम्बन्धी विषय कानुनबमोजिम पीडित व्यक्ति तथा निजको परिवारको निजी अधिकार क्षेत्रभित्र पर्ने हुँदा उच्च सरकारी निकायका अधिकारीहरूको प्रयास सफल भएन ।साउदीको परराष्ट्र मन्त्रालयले अलकसिमस्थित मेलमिलाप कमिटीलाई मेलमिलाप गराइदिन पत्र लेखेको थियो । तर कमिटीसँगको छलफलमा पनि पीडित पक्ष सन्तबहादुरलाई माफी दिन सहमत भएनन् । पीडित परिवारका एक सदस्य मात्रै पनि माफीको विपक्षमा उभिए जीवनदान दिन मिल्दैन । नेपाली दूतावासले सन्तबहादुरलाई बचाउने अन्तिम प्रयासस्वरूप तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत साउदी राजालाई पत्र लेखेर माफी दिन अनुरोध गरेकी थिइन् । उक्त अनुरोधले पनि काम गरेन । पीडित परिवारले माफी नदिएसम्म अन्य कुनै उपायबाट बच्न सम्भव नहुने बुझेरै होला सन्तबहादुरले पहिले नै परिवारलाई कुनै पहलकदमी नलिन भनेका थिए ।


सम्बन्धित समाचार

धितोपत्र बोर्डका प्रवक्तामा घिमिरे

२०८१ मंसिर १४

ताजा नेपाल

यस्ता नेताले जनता बुझेनन्

२०८१ मंसिर १४

ताजा नेपाल

संयन्त्रको हैकम चम्कदै

२०८१ मंसिर १४

ताजा नेपाल