Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतको दबदबामा मलहोत्राको दाउ

काठमाडौं । नेपाली उत्पादनले बजार पाउँदैन । राष्ट्रवादी सरकार आफ्नो देशका किसानले उत्पादन गरेको फलफुल तथा तरकारी बिक्रीको चासो दिँदैन । असारको समय किसानले आवश्यक रासायनिक मल पाइरहेको छैन । हरेक वर्ष डलर खर्च गरेर कृषि मल नेपाल भित्र्याउने परिपाटी जारी छ । यही बेला सरकार व्यवसायिक कृषिको सपना देखाउँछ । माफिया र तस्करहरु किसानमाथि ठगी गर्न सरकारले राहतको रुपमा दिलाउने रकम कुम्ल्याउने दाउमा छन् । यो अभियानको अग्रपंक्तिमा छन् प्रहरी, प्रशासन, राजनीतिज्ञ सबैलाई मिलाएर तस्करी धन्दाबाट परिचित बनेका डन दिपक मलहोत्रा । भारतले फलफुल तथा तरकारी मात्र होइन चामल, गहुँ, गेडागुडी समेत आफ्नै देशको गाडीमा राखेर नेपाली बजारमा भित्र्याइरहेको छ । किसानको तरकारी तथा फलफुल सरकारले बारीमा कुहिएको देखेको छ, किसानले तरकारीमाथि डोजर चलाएको पनि त्यही आँखाले हेरेको छ, तर बोलेको छैन । देशको जलसम्पदा भारतकै कब्जामा छ । ६० हजार वर्ग किलोमिटर नेपाली भूमि मिचेको छिमेकी भारत नेपाल भन्दा २० गुणा ठूलो, ३१ गुणा बढी जनसंख्या भएको मुलुक हो । नेपालमा भारतले हरेक वर्ष ७ खर्बको व्यापार गर्छ । तर सहयोग १० अर्ब गर्छ । आफ्ना छिमेकीहरुप्रति हेपाह चरित्र प्रदर्शन गरेकै कारण यतिखेर नेपाल र भारतको सम्बन्ध बिग्रेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वले वर्तमान राजनीतिलाई निकासा दिने गरि वार्ताको आह्वान गर्दा भारत बोलेको छैन । यही बेला दिपक मलहोत्रा जस्ता डनहरुले सरकारले लगानी गर्ने व्यवसायिक कृषिप्रति गिद्दे नजर लगाएका छन् । उनीहरुसँग पैसा र पहुँच छ । बैंकले पनि उनीहरुलाई पत्याउँछ । तर, वास्तविक किसानले आफ्नो देशको आफ्नो उत्पादन समयमा बेच्ने र ऋण तिर्ने व्यवस्था मिलाउन सकेको छैन । यस्तो विषम परिस्थितिमा पनि जनताको सरकार भनिएको वर्तमान सरकार कुर्सी रक्षाकै लागि मरिमेटिरहेको छ ।