Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतले किन हेप्छ ?

वृटिस साम्राज्यले बनाइदिएको इष्टइन्डीया कम्पनिको टुक्रे रुप भारतको आफ्नो छिमेकी कसैसंग राम्रो सम्बन्ध भएन । बंगलादेश, पाकीस्तान, माल्दीप्स, भुटान लाई त उसले बारम्बार पेली रहेको हुन्छ । नेपाललाई राटी र बेटी संकृति र सभ्यता मिल्ले बताइरहदा ३ पटक सम्म नाका बन्धि लगाएर आफ्नो चरित्र प्रर्दशन गरी रहेकै छ । भारतको स्वतन्त्रताका निमीत्त नेपालका राजनितीक दलहरुले आफ्नो योगदान पुर्याएकै थिए । तर अहिले भारतिय सासक पक्षले त्यो गुन देखेन । भोकमरीेले ग्रसीत नेपालको गरीबी माथि मस्ती गरीरहेको राजनितीक नेतृव्वले गुटको स्वार्थ र पारीवारीक हितलाई प्राथमिकता दिएर राज्यको सत्तामा लुट मच्चाएको कारण नेपालको नेताहरुप्रति भारतीय शासकहरु हेपाहा शैली प्रर्दशन गर्छन । राट्रिय स्वाधिनताको आन्दोलन सत्तामा पुग्ने भर्याड. मात्र बनाइएको कारणले पनि नेपालका सिमा क्षेत्रहरुमा भारतीय हस्तक्षेप बढी रहेको हो ।
अहिले सिमा क्षेत्रको विषयमा मदेशवादी दलहरु एकजुट भएनन् । त्यहाँ भित्र भारतिय दुताबास छ खर्च लिएर नेपालमा राजनिती गर्ने सेठहरु धेरै छन् । यती खेर नेपाली सिमा क्षेत्रका गरीबहरुको निमीत्त राज्यले दश गजाले तोकेको क्षेत्र मा गरीब बस्तीहरु निर्माण गर्दा भारतिय प्रहरीले अवरोध सृजना गरेको छ ।दश गजाको ४० फिट भित्रको नेपाली भुमीमा जनता आवाश कार्यक्रम विस्तार गर्दा भारतिय प्रहरीलाई के सनक चढ्यो जबकी १० गजा क्षेत्रभित्र भारतिय पक्षले कयौ स्थानमा महल खडा गरेका छन् । कालापानी देखि माने भन्ज्याड सम्म १८८० कि.मी क्षेत्रमध्ये सबै भन्दा विवादित महेश पुर र लिम्पीयाधुरा नै चर्चीत स्थान हुन । नेपालको आन्तरिक खिचतानीमा घुसेर सिमा अतिक्रमणलाई मात्र होइन नेपालको जल सम्पदा कब्जा गरेको भारतिय पक्षलाई यस पटक नेपाल संग टेबुल वार्ता गर्न समेत कठिनाई किन भयो ?उसंग प्रमाण छैन नेपाल संग सिमा सम्बन्धि प्रसस्त प्रमाण छन् ।केवल राजनितीक तहको निष्ठा र इमान्दारीता को खाचो मात्र छ ।